काठमाडौं । गुगलले प्ले स्टोरमा भएका पुराना एप प्रयोगकर्तालाई सजेस्ट नगर्ने भएको छ । पुराना एपहरूमा प्रयोगकर्ताको गोपनीयता र सुरक्षासँग सम्बन्धित सुविधाहरू नहुन सक्ने भन्दै गुगलले यस्तो कदम चाल्न लागेको हो ।
दुई वर्ष देखि एपीआई(API) लेभल फलो नगरेका एप यो सुचीमा पर्ने गुगलले आफ्नो ब्लगमार्फत जानकारी दिएको हो । दुई वर्ष देखि कुनै पनि अपडेट नल्याएका एप अहिलेको एन्ड्रोइड भर्जन अनुसारको सपोर्ट नहुने हुँदा यस्तो तयारी गरिएको जनाइएको छ ।
यो नियम लागू भएसँगै पुराना एप चलाइ रहेका प्रयोगकर्तालाई भने कुनै असर पर्ने छैन् । तर, नयाँ प्रयोगकर्ताको हकमा भने गुगल प्ले स्टोरमा सजेस्टमा देखिने छैन् । साथै यि एपहरू गुगल प्ले स्टोरको र्याङकिङमा पनि पछाडि पर्ने जनाइएको छ ।
सजिलो भाषामा भन्नुपर्दा नयाँ प्रयोगकर्ताको लागि यि एप हराए सरह हुनेछन् । यो नियम यही वर्षको नोभेम्बर महिनाबाट लागू हुने कम्पनीले जनाएको छ ।