close

अनलाइन सपिङ प्लेटफर्म ग्यापु तेस्रो वर्षमा, हरेक सामानमा विशेष छुट

टेकपाना टेकपाना

चैत २५, २०७८ १४:२४

अनलाइन सपिङ प्लेटफर्म ग्यापु तेस्रो वर्षमा, हरेक सामानमा विशेष छुट

काठमाडौं। अनलाइन सपिङ प्लेटफर्म ग्यापु दुई वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । कोभिडका कारण लागू भएको पहिलो लकडाउनमा उपभोक्ताको भिडभाडमा जानुपर्ने अवस्थालाई अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको निःशुल्क होम डेलिभरी सेवा दिँदै सुरु भएको ग्यापु मार्केटप्लेसले दुई वर्ष पूरा गरेको हो ।

‘कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन,’ ग्यापुका संस्थापक/सिइओ ज्ञानेन्द्र खड्का भन्छन् ‘सजिलो नभए पनि उपभोक्तालाई सुविधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडि बढ्यौं। आम उपभोक्ताको साथ र हौसलाले अगाडि बढेको ई-कमर्समा अभ्यस्त नभैसकेको नेपाली बजारमा हामीले उपभोक्ताबाट राम्रो प्रतिक्रिया पाएका छौ । जसका कारण हामीलाई निकै हौसला मिलेको छ ।’

प्ले स्टोरमा ग्यापु मार्केटप्लेसको मोबाइल एप्लिकेसन एप स्टोरमा एक लाख बढी डाउनलोड पुगिसकेको छ भने आइओएसमा पनि उपलब्ध छ । दैनिक ७ सय भन्दा बढी नेपाल भर निःशुल्क डेलिभरी गर्दै आएको खड्का बताउँछन् ।

यो सबै ग्राहक, भेन्डर र दिन रात नभनी कोभिड कहरको समयमा पनि निरन्तर खट्ने कर्मचारीको मेहनतको प्रतिफल हो । त्यसैलाई लक्षित गर्दै वार्षिकोत्सवको अवसरमा कम्पनीले ग्राहकलाई विभिन्न अफर सहितको ‘ग्यापुभर्सरि अनलाइन मेला’ आयोजना गरेको छ ।

शुक्रबार देखि  बैशाख २ गतेसम्म चल्ने आठ दिने मेलामा ग्राहकले पाँच हजार भन्दा बढि किसिमका दैनिक उपयोगी सामाग्री खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । मेलामा सामान खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशत सम्म छुट पाउने छन् । कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढि प्रकार, २० वटा भन्दा  बढि ब्राण्डहरूका सामान राखिएको छ।

कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवे/फ्री ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ। लाइभ सेल रहने मेलामा बिभिन्न बैंक र वालेट मार्फत विशेष छुट पाउन सकिने जनाएको छ। ग्राहकले एनसीसी बैंक, माच्छापुच्छ्रे बैंकबाट डिजिटल भुक्तानी गर्दा र हिमालयन बैंकका कार्ड प्रयोग गरि भुक्तानी गर्दा २० प्रतिशत छुट पाउने खड्काले बताए ।

ई-सेवा, खल्ती र फोनपेमार्फत कारोबार गर्दा सत प्रतिशत सम्म क्यास ब्याक पाउन सकिने उल्लेख छ । साथै एनआईसी एशिया बैंकका कार्ड प्रयोगकर्ताले विशेष छुट पाइने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५