close

टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमै दिन भर इन्टरनेट र फोनकल

टेकपाना टेकपाना

चैत २८, २०७८ १८:३२

टेलिकमको नयाँ वर्ष अफर, ४९ रुपैयाँमै दिन भर इन्टरनेट र फोनकल

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नयाँ वर्ष २०७९ लाई लक्षित गर्दै ग्राहक योजना सार्वजनिक गरेको छ । टेलिकमले अनलिमिटेड डेटा र भ्वाइस प्याकसहितको नयाँ वर्ष योजना उपलब्ध गराएको हो । यो अफर भोलि अर्थात् चैत २९ गतेदेखि बैशाख ३ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो अफर अन्तर्गत २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबीपीएस अनलिमिटेड डेटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

यसैगरी तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक ९८ मा खरिद गर्न सकिने छ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

यसका साथै २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने एक जिबीको डेटा प्याक र ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्जमा चार दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डेटा प्याक पनि उपलब्ध हुने उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४