काठमाडौं । नेपाल टेलिकमले आफ्नो १९ औं वार्षिक उत्सवको अवसर पारेर एनिभर्सरी अफर सञ्चालनमा ल्याएको छ ।
यस अफर अन्तर्गत ग्राहकले मोबाइलको रिचार्जमा मोबाइल डेटा उपलब्ध हुनेछ । कम्पनीले दुईसय देखि पाँचसय भन्दा माथिसम्मको रिचार्जमा यो अफर लागू हुने जनाएको छ ।
कम्पनीका अनुसार २०० देखी ४९९ रुपैयाँसम्मको रिचार्जमा २ जीबी डेटा निशुल्क उपलब्ध हुनेछ । यसरी उपलब्ध भएको डेटा दुई दिनसम्म प्रयोग गर्न सकिनेछ ।
त्यस्तै ५०० देखी माथिको रिचार्जमा ८ जीबी डेटा उपलब्ध हुनेछ । यसरी उपलब्ध हुने डेटा चार दिनसम्म प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो डेटा प्रयोगकर्ताले हरेर दिन २ जीबीका दरले ४ दिनसम्म प्राप्त गर्ने छन् ।