काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनआईसी एसिया बैंकले विभिन्न ई-कमर्स प्लेटफर्मबाट सामग्रीहरू किनमेल गरी डेबिट तथा क्रेडिट कार्ड मार्फत डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्मको आकर्षक छुट योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत दराजबाट २०७८ चैत २८ देखि २०७९ वैशाख ७ सम्म, सस्तोडिलबाट चैत २९ देखि २०७९ वैशाख ३ सम्म र ग्यापुबाट चैत २५ देखि वैशाख २ सम्म विभिन्न सामग्रीहरू खरिद गरी बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा छुट उपलब्ध हुनेछ ।
त्यसैगरी सीजी/एलजीबाट चैत ३० का दिन रू. २० हजारभन्दा बढीको सामग्री खरिद गरी यस बैंकका ग्राहकले पीओएस तथा ई-कमर्समार्फत भुक्तानी गर्दा रू. २०७९ नगद फिर्ता हुने योजना समेत बैंकले ल्याएको छ ।
देशमा अनलाइन किनमेल बढिरहेको वर्तमान अवस्थाबीच नयाँ वर्षका बेला अझ वृद्धि हुने प्रक्षेपणअनुरुप डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न ई-कमर्श कम्पनीहरूबाट सामग्री खरिद गर्दा आकर्षक छुट व्यवस्था गरिएकाे बैंकले जनाएकाे छ ।