close

विमानस्थल अध्यागमनले भन्यो- अनलाइन भुक्तानी झन्झटिलो भयो, नगदै बोकेर आउनू

टेकपाना टेकपाना

बैशाख ४, २०७९ ८:३७

विमानस्थल अध्यागमनले भन्यो- अनलाइन भुक्तानी झन्झटिलो भयो, नगदै बोकेर आउनू

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय भुक्तानी झन्झटिलो भएकाे भन्दै नगदै बोकेर आउन पर्यटकलाई आग्रह गरेको छ ।

एक सूचना जारी गर्दै अध्यागमन कार्यालयले विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकहरूलाई भिसा शुल्क बुझाउन २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरेको हो ।

सफ्टवेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको भन्दै पर्यटकको सहायताका लागि नगद नै ल्याउन अनुराेध गरिएकाे विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले बताए ।

सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटीएम मसिन रहेकाले मास्टर कार्ड, भिजा कार्ड तथा विद्युतीय कारोबारका अन्य माध्यममा पनि समस्या आउने गरेकाले भीडभाड तथा झन्झटबाट जोगिन नगदै बोकेर आउन भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२