काठमाडौं । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको ‘इन्डलेस कम्बो प्याक’ सञ्चालनमा ल्याएको छ ।
यो योजना वैशाख ५ बाट सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित रु. २५ मा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकबाट फाइदा लिनसक्ने कम्पनीले जनाएकाे छ ।
डे कम्बो प्याक अन्तर्गत प्रिपेड ग्राहकले १०० एमबी डेटा र २०० मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् ।
ग्राहकले *१७११८*१# वा *१७१२३*२# डायल गरी यो प्याक एक्टिभेट गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक प्रयाेग गर्नसक्ने जनाइएकाे छ ।
बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले २५० एमबी डेटा र २५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक रु. २५ मा एक्टिभेट गर्न सक्छन् ।
प्रिपेड ग्राहकले *१७११८*१*६# डायल गरी प्याक एक्टिभेट गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक एक्टिभेट गर्न सक्छन् ।