काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड नेपालपे क्यूआर प्रणालीमा आबद्ध भएको छ । अब मेगा स्मार्ट बैंकिङ एप प्रयोग गर्ने प्रयोगकर्ताले नेपालपे क्यूआर प्रणालीमार्फत भुक्तानी गर्नसक्ने भएका छन् ।
साथै नेपालपे क्यूआरबाट गरिएको भुक्तानी मेगा बैंकका ग्राहकले आफ्नो मोबाइल बैंकिङमार्फत प्राप्त गर्न सक्नेछन् । मेगा बैंकका व्यावसायिक ग्राहकले नेपालपे क्यूआरमार्फत भुक्तानी गर्न वा प्राप्त गर्न व्यावसायिक अकाउन्ट खोल्न सक्नेछन् ।
यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंक राखेकाे छ ।
एनसीएचएलले कार्यान्वयनमा ल्याएको नेसनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल क्यूआर स्ट्याण्डराइजेसन एन्ड गाइडलाइन्स (नेपाल क्यूआर मापदण्ड तथा मार्गदर्शन) अनुसार क्यूआर अन्तरआबद्धता कायम गर्नेगरी नेपालपे क्यूआर सञ्चालनमा ल्याइएको हो ।