close

चर्चित भीपीएनहरुमा देखियो सुरक्षा कमजोरी, प्रयोगकर्ताको जानकारी नै जोखिममा

टेकपाना टेकपाना

बैशाख ८, २०७९ ११:१०

चर्चित भीपीएनहरुमा देखियो सुरक्षा कमजोरी, प्रयोगकर्ताको जानकारी नै जोखिममा

काठमाडौं । चर्चित भर्चुअल प्राइभेट नेटवर्क(भीपीएन) हरूमै सुरक्षा कमजोरी फेला परेको छ । जसमार्फत प्रयोगकर्ताको महत्वपूर्ण जानकारी जुन सुकै समयमा ह्याकरको हातमा पुग्ने सक्ने आँकलन गरिएको छ ।

व्यवसायिक तथा व्यक्तिगत वेब ब्राउजिङको लागि पछिल्लो समय भीपीएनको प्रयोग उल्लेख्य रुपमा भइरहेको छ । यस्तोमा एपस्टिमले भर्खरैमात्र जारि गरेको प्रतिवेदन अनुसार चर्चित भीपीन एपमै कमजोरीहरू देखिएका छन् । त्यस्ता एपहरुमा सर्फसार्क, टर्बो भीपीएन, एटलास भीपीएन, भाइपर जीपीएन, भीपीएन प्रोक्सी मास्टर, समर्‍यान्डो भीपीएन रहेका छन् ।

यस्ता भीपीएनले प्रयोगकर्ताको जानकारी नै जोखिममा पारेको अध्ययनले जनाएको छ । अध्ययन प्रतिवेदन अनुसार माथि उल्लेखित सबै भीपीएनले आफ्नै रुट सर्टिफिकेसन प्रयोगमा ल्याएका छन् । भीपीएनको क्रिप्टोग्राफि, इन्क्रीप्सन जस्ता महतवपूर्ण पाटोमा रुट भेरिफिकेसन महत्वपूर्ण हुन्छ ।

यस्तोमा भेरिफाइड सीएमार्फत यसलाई भेरिफाइ गरेरमात्रै प्रयोग गर्न गरिन्छ । तर, यी एपको हकमा आफैले हस्ताक्षर गरेको रुट प्रयोगमा रहेको जनाइएको छ । हुन त यो त्यति ठुलो समस्या भने होइन् । तर, भेरिफाइड सीएमार्फत रुट भेरिफाइ नगर्दा यसले ह्याकरलाई सहजै कमजोरी फेला पारी त्यसमा पहुँच बनाउन मद्दत पुग्ने जनाइएको छ ।
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२