close

५० मेगापिक्सेल क्यामेरा सहित रियलमीको नयाँ स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

बैशाख ८, २०७९ १७:३७

५० मेगापिक्सेल क्यामेरा सहित रियलमीको नयाँ स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा रियलमी सी३५ सार्वजनिक भएको छ । ५० मेगापिक्सेल मुख्य क्यामेरा रहेकाे फोनले ‘टीयूभी स्मार्टफोन हाई रिलायबिलिटी’ सर्टिफिकेसन पाएको छ ।

युनिस्को टी६१६ प्रोसेसर रहेको फोनमा डीआरई डाइनामिक र्‍याम दिइएको छ । फाेनमा ५००० एमएएच ब्याट्री र १८ वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध गराइएको छ । जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्ने दाबी कम्पनीले गरेको छ ।

कम्पनीका अनुसार यो फोन ४९ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिने छ । यसबाहेक ‘सी’ सिरिज अन्तर्गत सी३५ मा ६.६ ईन्चको फुलएचडी रहेको छ ।

यो फोन ग्लोइङ ब्ल्याक र ग्लोइङ ग्रीन गरी दुई फरक कलर भेरियन्टमा उपलब्ध भएको छ । ४ जीबी र्‍याम भेरियन्टमा ६४ र १२८ गरी दुई फरक स्टोरेजमा फोन बजारमा उपलब्ध हुनेछ ।

६४ जीबी स्टोरेजको भेरियन्टको मूल्य २० हजार ४९९ रूपैयाँ र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१ हजार ९९९ रूपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२