काठमाडौं । सरकारले विदेश जानेहरूका लागि क्यूआर काेडसहितको खोप प्रमाणपत्र वितरण गरिरहेको छ । कोरोना भाइरस खोपको दुवै मात्रा वा बुस्टर डाेज लगाइसकेका व्यक्तिले यस्तो कार्ड लिन सक्छन् ।
यो क्यूआर कोडयुक्त प्रमाणपत्र पाएपछि अन्य कुनै पनि ठाउँमा भेरिफिकेसनका लागि छुट्टै प्रमाणपत्र जरूरी पर्दैन ।
आज हामी कोरोना खोप प्रमाणपत्र कसरी लिने भन्ने तरिका सिकाउँदै छौं ।
सबैभन्दा सुरुमा तपाईंले आफ्नो खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन एउटा फारम भर्नुपर्ने हुन्छ ।
-आवेदनमा व्यक्तिगत विवरण, परिचय पत्र (पासपाेर्टकाे फाेटाे), पासपोर्ट साइजको फोटो र खोप कार्डको फोटो) अपलोड गर्नुहोस् ।
-आवेदन भरिसकेपछि तपाईंको आवेदन २४ देखि ४८ घण्टामा स्वीकृत/अस्वीकृत हुन्छ ।
-आफ्नो आवेदनको अवस्था बुझ्न यहाँ क्लिक गर्नुहोस र आफ्नो आवेदन दर्ता नम्बर र जन्म मिति राखेर विवरण खोज्नुहोस् ।
आवेदन स्वीकृत भएमा प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नहोस् ।
-आवेदन अस्वीकृत भएमा विवरण सच्याएर पुनः पेस गर्नुहोस् र अर्को दिन पुनः यो लिंकमा क्लिक गरी आफ्नो आवेदनको अवस्था बुझ्नुहोस् र प्रमाणपत्र डाउनलोड गरी प्रिन्ट गर्नुहोस् ।
धेरै दिनसम्म पनि प्रमाणपत्र नआएमा वा अन्य सूचनाका लागि आफ्नो स्थायी ठेगाना भएको पालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नसक्नुहुन्छ ।
यो प्रमाणपत्रमा कुनै पनि किसिमको छाप वा हस्ताक्षर आवश्यक पर्दैन । प्रमाणपत्र प्राप्त गरेपछि मात्र विदेश जाने टिकट लिनु राम्राे हुनेछ ।