काठमाडौं । गुगलले कल रेकर्डिङ एपलाई प्रतिबन्ध लगाउने निर्णय गरेसँगै ट्रुकलर एपमा उपलब्ध कल रेकर्डिङ फिचर बन्द हुने भएको छ ।
ट्रुकलरले आफ्नो एपबाट कल गर्दा कल रेकर्डिङ गर्न मिल्ने सुविधा उपलब्ध गराउँदै आएको थियो । तर, गुगलले कल रेकर्डिङ सेवा दिने थर्ड पार्टी एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
गुगलको नयाँ नियम मे ११ बाट लागू हुँदैछ । त्योसँगै ट्रुकलरले आफ्नो एपमा उपलब्ध कल रकर्डिङ फिचर बन्द गर्ने निर्णय गरेको कम्पनीका प्रवक्ताले बताएका छन् ।
‘हामीले प्रयोगकर्ताको माग अनुसार एन्ड्रोइड प्रयोगकर्तालाई कल रेकर्डिङ फिचर उपलब्ध गराएका थियौं,’ उनले भेनका छन, ‘त्यो हिसाबले सबैलाई निःशुल्क रुपमा यो फिचर उपलब्ध गराइएको थियो । तर, गुगलको नयाँ नियमसँग अब हामीले यो फिचर बन्द गर्ने निर्णय गरेका हौं ।’
गुगलको नयाँ नियम अनुसार कल रेकर्डिङ गर्ने थर्ड पार्टीका कुनै पनि एप अब गुगलको प्लेटर्फमा उपलब्ध हुनेछैन । तर, यदि मोबाइलमै उक्त फिचर ईन बिल्ट रूपमा उपलब्ध भएको खण्डमा भने त्यसमा कुनै असर नपर्ने गुगलले जनाएकाे छ ।
सम्बन्धित समाचार:
ट्रुकलर एपले कसरी संकलन गर्छ अरबौं प्रयोगकर्ताको डेटा ?
ट्रुकलरबाट आफ्नो नाम र मोबाइल नम्बर कसरी हटाउने ?
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
