close

निर्वाचनको समयमा जथाभावी प्रचारप्रसार गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला !

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १८:२२

निर्वाचनको समयमा जथाभावी प्रचारप्रसार गर्दै हुनुहुन्छ ? कारबाहीमा पर्नुहोला !

काठमाडौं । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । यसअन्तर्गत आयोगले सामाजिक सञ्जालका साथै विभिन्न सञ्चारमाध्यममा विज्ञापन गर्दा पालना गर्नुपर्ने मापदण्ड तोकेकाे छ ।

सोही मापदण्ड अनुसार निर्वाचनमा सहभागी राजनीतिक दल, दलका उम्मेदवार तथा अन्य उम्मेदवारले प्रयोग गरेको प्रचार सामग्रीको अध्ययन भइरहेको विज्ञापन बोर्डले जनाएको छ ।

बोर्डले यस्ता विज्ञापन निर्वाचन आचारसंहिता र विज्ञापन ऐन बमोजिम भए/नभएको अध्ययन भइरहेको जानकारी दिएकाे छ ।

यस्तोमा कसैले तोकिएको मापदण्डभन्दा बाहिर गएर प्रचारप्रसार गरेको पाइएमा कारबाही हुने चेतावनीसमेत समेत बाेर्डले दिएकाे छ ।

साथै कसैले मापदण्डभन्दा बाहिर गएर प्रचारप्रसार गरिरहेको पाइएमा ईमेलमार्फत जानकारी गराउन समेत बोर्डले आग्रह गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२