close

आचारसंहिता पालना नगर्ने ३५ सञ्चारमाध्यम र ४ वेब पोर्टलमाथि कारबाही

टेकपाना टेकपाना

बैशाख १४, २०७९ १३:४१

आचारसंहिता पालना नगर्ने ३५ सञ्चारमाध्यम र ४ वेब पोर्टलमाथि कारबाही

काठमाठौं । प्रेस काउन्सिल नेपालले निर्वाचन तथा पत्रकार आचारसंहिता पालना गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरेको छ । त्यस्तै काउन्सिलले सूचना विभागमा दर्ता नभएका चार वेबपोर्टललाई नेपालमा सामग्री सम्प्रेषण हुननसक्ने गरी कारबाही गरेको छ ।

अनुगमनका क्रममा गत चैत २६ देखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको काउन्सिलले जनाएको छ ।

आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये चारवटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन गरेका छन् ।

दुईवटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएकाे काउन्सिलकाे विज्ञप्तिमा उल्लेख छ ।

‘यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र २ अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ,’ विज्ञप्तिमा भनिएकाे छ ।

गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुऱ्याउनेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन प्रेस काउन्सिलले आग्रह गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२