close

तिम्रालागि सधैँ म हार्न सक्छु भन्दै २ महिनापछि सामाजिक सञ्जालमा फर्किइन् समीक्षा अधिकारी

टेकपाना टेकपाना

बैशाख १५, २०७९ १२:५३

तिम्रालागि सधैँ म हार्न सक्छु भन्दै २ महिनापछि सामाजिक सञ्जालमा फर्किइन् समीक्षा अधिकारी

काठमाडौं । गायिका समीक्षा अधिकारी दुई महिनापछि सामाजिक सञ्जालमा फर्किएकी छन् । आफ्नो तस्वीर सहित भावुक स्टाटस लेख्दै लामो समयपछि उनी फेसबुकमा आएकी हुन् ।

व्यक्तिगत सम्बन्धमा आएको उतार चढावका कारण सामाजिक सञ्जालमा नकारात्मक आलोचनाको ओइरो आउन थालेपछि उनी अनलाइनको दुनियाँमा निष्कृय बसेकी थिइन् । तर बिहीबार सामाजिक सञ्जालमा भावुक हुँदै उनले आफ्नो पश्चाताप व्यक्त गरेकी छन् ।

‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु,’ साहित्यिक लयमा उनले भनेकी छन्, ‘तिम्रो लागि आफैँलाई दुखमा पार्न सक्छु । तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म, त्यसैले त तिम्रो लागि सधैँ म हार्न सक्छु ।’

गायिका अधिकारीको उक्त पोस्टमा धेरैले उनीप्रति सहानुभूति समेत दर्शाएका छन् । सँगसँगै गत फेब्रुअरी पछि उनले बुधबार मात्रै टिकटकमा समेत उपस्थिति जनाएकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२