close

पहिलो फ्रिफायर नेपाल इन्भिटेस्नलमा भिड्दै १२ टिम

टेकपाना टेकपाना

बैशाख १६, २०७९ १५:२५

पहिलो फ्रिफायर नेपाल इन्भिटेस्नलमा भिड्दै १२ टिम

काठमाडौं । फ्रि फायरको निर्माता कम्पनी गरिनाले ‘फ्रि फायर नेपाल इन्भिटेस्नल’ मा प्रतिस्पर्धा गर्ने १२ टोलीको सूची सार्वजनिक गरेको छ ।

यो खेल शनिबारबाट सुरु भएर मे १ सम्म चल्नेछ । खेलमा १२ आमन्त्रित नेपाली टोलीले सहभागिता जनाउदैछन् ।

सहभागी हुने टोलीहरूमा ट्रेन्ड टु किल, मुनलाईट, नेफोली क्रु, राहुल गेमर, टोन्डे गेमर, विश्व मगर, नयाँ नेपाल गेमिङ, टिम लाभा, अभिषेक वाईटी, बेल्ला गेमिङ, ब्रदरहुड ईस्पोर्ट र खुकुरी ईस्पोर्टस रहेका छन् ।

प्रत्येक टिममा पाँच खेलाडी हुनेछन् । खेलमा कुल ६० हजार डाइमण्डको प्राइज पुल राखिएको छ । गरिना फ्री फायरले नेपाललाई लक्षित गरेर आयोजना गरेको यो पहिलो प्रतियोगिता हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२