close

अब टेलिग्राम च्याटबाटै क्रिप्टाेकरेन्सी पठाउन सकिने

टेकपाना टेकपाना

बैशाख १८, २०७९ १५:१५

अब टेलिग्राम च्याटबाटै क्रिप्टाेकरेन्सी पठाउन सकिने

काठमाडौं । टेलिग्रामले आफ्ना प्रयोगर्कताका लागि क्रिप्टोकरेन्सी पठाउन सकिने सुविधा सुरु गरेको छ । यो सुविधासँगै अब प्रयोगकर्ताले टेलिग्रामको च्याटमार्फत नै क्रिप्टोकरेन्सी ‘टनकोइन’ पठाउन सकिनेछ ।

दि ओपन नेटवर्क (टिओएन) ब्लकचेनले आफ्नो ट्वीटरमा ट्वीट गर्दै अब आफ्नो टनकोइन टेलिग्राम एपमार्फत पठाउन सकिने भएको जानकारी दिएको हो ।

यो व्यवस्था प्रयोग गर्न टेलिग्रामको च्याटबक्समा ‘टेलिग्राम वालेट बट’ एड गर्नुपर्ने हुन्छ । उक्त वालेटमार्फत प्रयोगकर्ताले आफ्नै बैंक कार्ड मार्फत टनकोइन खरिद गर्न, साट्न वा बेच्न सक्नेछ ।

सन् २०२० मा टेलिग्रामले ‘टेलिग्राम ओपन नेटवर्क’ प्रोग्राम अन्तर्गत आफ्नै क्रिप्टोकरेन्सी सञ्चालन गर्ने प्रकृयामा रोक लगाएको थियो ।

अमेरिकाको सेक्युरिटिज एन्ड एक्सेन्ज कमिसनले यसो नगर्न  दबाब दिएपछि कम्पनीले आफ्नो प्रोजेक्ट बन्द गरेको थियो ।

टेलिग्रामले यो प्रोजेक्ट बन्द गरेपनि यससँग सम्बन्धित डेभलपरहरूले आफ्नो कामलाई निरन्तरता दिएर टीओएनको सुरुवात गरेको हो, जोसँग अहिले टेलिग्रामले सहकार्य गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२