close

शरीरको रेखदेख गर्ने स्मार्टफोनको बहुउपयोगी फिचर

हरिजङ्ग थापा हरिजङ्ग थापा

बैशाख १८, २०७९ १३:१६

शरीरको रेखदेख गर्ने स्मार्टफोनको बहुउपयोगी फिचर

काठमाडौं । स्मार्टफोनमा अनेक फिचर हुन्छन् । सबैको आफ्नै खालको उपयोगिता हुन्छ । उपयोग गर्न जाने यस्ता फिचरले हाम्रो दैनिकीलाई सहज बनाएर समय समेत बचत गरिदिन्छन् ।

कतिपय फिचरले त शारीरिकदेखि मानसिक अवस्थाको रेखदेख गरेर स्वस्थ रहन समेत सघाउँछन् । ग्यालेक्सी स्मार्टफोनमा हुने ‘सामसङ हेल्थ’ पनि यस्तै जीवन उपयोगी फिचरमध्येको एक हो ।

‘सामसङ हेल्थ’ एप बहुउपयोगी फिचरले भरिपूर्ण छ । यसले हरप्रहर हाम्रो शारीरिक अवस्थाको रेखदेख गर्छ र स्वस्थ रहन मद्धत गर्छ । यो यस्तो मोबाइल एप हो, जसले हिँड्न, व्यायाम गर्न र खानपानमा ध्यान दिन प्रेरित गरिरहन्छ ।

हामी काममा रहँदा होस् वा आराम गर्दैगर्दा मोबाइल वा स्मार्टवाचको सहयोगमा यो एपले २४सैं घण्टा स्वास्थ्यको निगरानी राख्छ । निन्द्राको हाल, मुटुको चाल अनि शरीरमा रहेको ब्लड अक्सिजनको मात्राबारे जानकारी समेत यही एपबाट पाउन सकिन्छ ।

‘सामसङ हेल्थ’ एप ग्यालेक्सी स्मार्टफोनमा प्रि-इन्स्टल भएरै आउँछ । यदि छैन भने ग्यालेक्सी स्टाेर वा प्ले स्टाेरबाट सजिलै डाउनलोड गर्न सकिन्छ । यो एप प्रयोग गर्न सामसङ अकाउन्ट वा जीमेल अकाउन्टबाट लगईन गर्नुपर्ने हुन्छ ।

एपभित्र गइसकेपछि सुरुमै Daily Activity देखिन्छ, जसमा तपाईँले दिनभर कति पाइला हिँड्नुभयो, कति समय सक्रिय रहनुभयो र यस्ता गतिविधिले कति क्यालोरी खर्च भयो भनेर हेर्न सकिन्छ ।

Daily Activity फिचरभित्र त्यसबारे थप रिपोर्ट हेर्न मिल्छ । माथि दायाँतर्फ रहेको थ्री डट्स बटनमा थिच्ने हो भने Target अप्सन देखिन्छ, जसमार्फत Steps, Active Time वा Activity Calories को टार्गेट सेट गर्न सकिन्छ ।

यसभन्दा तल Steps को Target सँगै तपाईँले कति पाइला हिँड्नुभयो र Target पूरा गर्न कति बाँकी छ भनेर देखिन्छ ।

यसभित्र जाने हो भने कति किलोमिटर हिँड्नुभयो र त्यसका लागि कति क्यालोरी खर्च भयो, कुन समयमा कति पाइला हिँड्नु भयो भन्नेजस्ता जानकारी पाउन सक्नुहुन्छ ।

माथि दायाँतर्फ रहेको डेटा आइकनमा गएपछि भने हप्ता, महिना वा वर्षदिनको रिपोर्ट समेत हेर्न मिल्छ । यस्तै थ्री डट्समा थिचेर Daily Steps को Target Set गर्न सकिन्छ ।

त्यसभन्दा तल Sleep फिचर छ । यो फिचरले तपाईंको निन्द्राको जानकारी राख्छ । तर, यसका लागि स्मार्ट वाच अनिवार्य लगाउनुपर्छ । त्यसपछि कति समय बेडमा पल्टनुभयो, यहाँ बाहिरै देखिन्छ । यसभित्र Sleep Score, कति समय निदाउनुभयो र कति क्यालोरी बर्न भयो आदि जानकारी पाउन सकिन्छ ।

त्यसभन्दा मुनी Sleep Chart छ । यो चार्टलाई विस्तृतमा बुझ्न Sleep Stages हेर्न सकिन्छ । i Button मा थिच्नुभयो भने अझै स्पष्ट जानकारी पाइन्छ । निदाउँदा ब्लड अक्सिजनको लेवल ९० भन्दा तल झरेको थियो कि थिएन ? घुर्नुभयो कि भएन भनेर पनि यहीँबाट पत्ता लाग्छ ।

माथि दायाँ कुनामा रहेको डेटा आइकनमार्फत हप्ता वा महिनाको रिपोर्ट हेर्न सकिन्छ भने थ्री डट्समा थिच्नुभयो भने विभिन्न सेटिङ देखिन्छ । जसमध्ये Set Target मार्फत सुत्ने समय सेट गर्न सकिन्छ भने Sleep Couching मा ट्याप गर्दा हप्ताभरको Sleep Data को आधारमा सुझाव पनि दिन्छ ।

यस्तै यहाँबाट सुतेको समयमा ब्लड अक्सिन चेक गर्ने कि नगर्ने, घुरेको विषय पत्ता लगाउने कि नलगाउने सेटिङ मिलाउन सकिन्छ । घुरेको अडियो रेकर्ड गर्ने अप्सन पनि यसमा उपलब्ध छ । जसको लागि स्मार्टवाच लगाएर स्मार्टफोन टाउको नजिकै राख्नुपर्छ ।

यसपछिको Exercise फिचरमा दर्जनौं अप्सन छन्। तपाईंले कस्तो Exercise वा वर्कआउट गर्नुहुन्छ, छानेर शरिर तन्दुस्त बनाउन सकिन्छ ।

मानिलिउँ तपाईँ मर्निङ वाकमा निस्कदै हुनुहुन्छ भने वाकिङमा थिचेर Distance Target गरेर स्टार्ट गर्न सक्नुहुन्छ । यसो गर्दा तपाईँ कति समय हिँड्नुभयो, त्यसको Duration, Speed लगायतका जानकारी प्राप्त गर्न सकिन्छ ।

यसरी हिँड्दा कुनै फोटो खिच्नुभएको छ भने त्यसलाई अपलोड गर्न र नोट लेख्न पनि सकिन्छ ।

यसैगरी Running गर्दा होस् वा Cycling अथवा अन्य वर्कआउट गर्दा नै किन नहोस्, त्यसको रेकर्ड पनि राख्न सकिन्छ र उक्त Excercise ले कति क्यालोरी बर्न भयो भनेर पनि थाहा पाउन सकिन्छ । हामीले हिँडेको वा कुदेको म्यापसमेत यहाँ देखिन्छ ।

अन्तिममा रहेको Add Workout मा थप लिस्ट देख्न सकिन्छ, जसलाई छनौट गरेर Excercise को सूचीमा ल्याउन सकिन्छ ।

Samsung Health खानपानको रेकर्ड राख्न पनि एकदमै उपयोगी छ । Record मा थिच्ने हो भने Meal Type अर्थात खानाको प्रकार छान्ने अप्सन आउँछ । जस्तै तपाईंले ब्रेकफास्ट गर्नुभयो र त्यसको रेकर्ड राख्न खोज्दै हुनुहुन्छ भने Breakfast छनौट गरे पुग्छ । त्यसपछि Done मा ट्याप गरेर तपाईंले खाएको खाना सर्च गर्ने ठाउँ आउँछ ।

मानिलिउँ ब्रेड खानुभयो रे । यहाँ ब्रेड टाइप गरेर सर्च गर्दा ब्रेड आइटमको लामो लिस्ट उपलब्ध हुन्छ । यहाँ देखिएका कुनै पनि खाना सेलेक्ट गर्नुभयो भने त्यसको Macronutrients डेटा समेत देखिन्छ । त्यसपछि Done थिचेर Next गरेपछि अब यहाँ ब्रेकफास्ट कति बजे लिएको हो समयसँगै खाना कति खाएको हो सेट गर्ने अप्सन आउँछ ।

यति गरेर Done गरेपछि त्यसको रेकर्ड Food फिचरमा देखिन्छ । माथि दायाँ कुनामा रहेको थ्री डट्समार्फत तपाईँले कति किलो क्यालोरी भएको खाना खाने भनेर सेट गर्न सक्नुहुन्छ भने Custom Food थप्ने सुविधा पनि यसमा छ ।

यसैगरी Body Composition फिचरबाट तपाईँले आफ्नो तौल उल्लेख गरेर बढाउने वा घटाउने Target राख्न सक्नुहुन्छ । तौल सेट गरेपछि Body Composition को अवस्था कस्तो छ भनेर पनि थाहा पाउन सकिन्छ । यसभन्दा तल रहेको Heart Rate ले एक मिनेटमा तपाईंको मुटु कतिपटक धड्किन्छ भनेर मापन गर्न सक्नुहुन्छ ।

यसको लागि स्मार्टवाच आवश्यक हुन्छ । स्ट्रेस कत्तिको छ भनेर थाहा पाउन र त्यसलाई कम गर्न पनि Samsung Health ले सघाउँछ। यसभित्र जानुभयो भने Stress को डेटासँगै Breathing Exercise को अप्सन पनि छ । जसले तपाईँको तनावलाई कम गराउन सक्छ । ब्लड अक्सिजनको रेकर्ड पनि हामीले यही एपमा हेर्न सक्छौं ।

यो सेवा लिनका लागि पनि स्मार्टवाच चाहिन्छ । ब्लड ग्लुकाेज र ब्लड प्रेसरको रेकर्ड पनि यसैमा पाउन सकिन्छ । तर यसका लागि आवश्यक एक्सेसाेरिज कनेक्ट गर्नुपर्ने हुन्छ । अथवा Blood Glucose र Blood Pressure नापेर Manually data इन्ट्री गर्न पनि सकिन्छ ।

साथै ब्लड प्रेसर हाई वा लो छ भने त्यही अनुसारको Target Set गर्न पनि सकिन्छ । यति मात्र होइन, दिनमा कति पानी पिउने, त्यसको टार्गेट पनि राख्न मिल्छ, जसले गर्दा शरीरमा आवश्यक पानीको मात्रा कमी हुन पाउँदैन । यस्तै Women Health भित्र जाने हो भने Menuration Cycle को ट्रयाक गर्ने सुविधा पनि छ ।

Samsung Health भित्रका फिचर हटाउन वा थप्न माथि दायाँ कुनामा रहेको थ्री डट्सभित्रको Manage items मा जानुपर्ने हुन्छ । थप सेटिङ मिलाउनका लागि Setting अप्सन छ ।

यो एप गेमभन्दा कम छैन । किनकि यसमा भएको Together मा गएर विभिन्न च्यालेन्ज क्रियट गरेर साथिलाई जोड्न मिल्छ । साथै विश्वस्तरीय चुनौतीहरुमा सहभागी हुन पनि सकिन्छ, जसले हामीलाई हिँड्नका लागि प्रेरित गर्छ ।

यस्तै फिटनेसमा जाँदा शरीरलाई स्वस्थ राख्ने थुप्रै कार्यक्रमहरु छन्, जसमा वर्कआउट गर्न सिकाउने भिडियोहरू पाउन सकिन्छ । आफ्नो आवश्यकता अनुसारको कार्यक्रमलाई सजिलै एपको होम स्क्रिननमा Add गर्न सकिन्छ र भिडिओ हेर्दै Workout गर्न सकिन्छ ।

My Page मा तपाईँका व्यक्तिगत जानकारी हुन्छन् । Edit मा गएर आफ्नो नाम, प्रोफाइल पिक्चरसँगै Gender, Height, Weight, Date of birth र Activity Level सेट गर्न मिल्छ ।

Samsung Health ले शरीरलाई स्वस्थ राख्न निकै सहयोगी छ । साथै स्वस्थ शरीरका लागि आवश्यक व्यायाम गर्न पनि यसले प्रेरित गर्छ । तर यो डेटालाई मेडिकल उपचार प्रयोजनका लागि उपयोग गर्न चाहिँ मिल्दैन ।

अर्को कुरा Samsung Health ले संकलन गरेका डेटा Knox Security मार्फत सुरक्षित गरिएको हुन्छ। त्यसैले हामीले खासै चिन्ता लिनुपर्दैन । Knox Security बारे बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२