close

एन्ड्रोइडमा थपियो ‘सेल्फ शेयरिङ’ फिचर, दुई स्मार्टफोनबीच फाइल ट्रान्सफर गर्न सजिलो हुने

टेकपाना टेकपाना

बैशाख २१, २०७९ ८:४६

एन्ड्रोइडमा थपियो ‘सेल्फ शेयरिङ’ फिचर, दुई स्मार्टफोनबीच फाइल ट्रान्सफर गर्न सजिलो हुने

काठमाडौं । गुगलकाे नयाँ सिस्टम अपडेट सार्वजनिक गरेकाे छ । नयाँ अपडेटसँगै कम्पनीले एन्ड्रोइड ओएस, गुगल प्ले स्टोर, गुगल प्ले सर्भिसमा केही नयाँ फिचर उपलब्ध गराएको छ ।

यसअन्तर्गत गुगलले नियरबाई शेयरलाई थप परिष्कृत गरेको छ । कम्पनीले लामो समयदेखि चर्चामा रहेको फिचर ‘सेल्फ शेयरिङ’ फिचर उपलब्ध गराएको छ ।

योसँगै अब एउटै गुगल अकाउन्टबाट लगइन भएको दुईवटा डिभाइसमा बिना कुनै रोकावट फाइल शेयर गर्न सकिने छ । यसको अर्थ आफ्नै दुई फरक एन्ड्रोइड डिभाइसमा अब फाइल शेयर गर्न सकिने छ ।

यसका साथै यो फिचर लागू भएसँगै एउटा डिभाइसबाट अर्को डिभाइसमा फाइल पठाउँदा हरेक फाइल पठाउने क्रममा अप्रुभ गरिराख्नु पर्ने झन्झट पनि नहुने जनाइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२