काठमाडौं । हाम्रो मोबाइल फोनमा कतिपय यस्ता कुरा छन्, जसमा पहुँच बनाउन हामीलाई गोप्य कोडहरूको आवश्यकता पर्ने गर्छ । यदि तपाईंले प्रविधितिर चासो राख्ने गर्नुभएको छ भने केही कोडहरूको बारेमा त जानकारी नै होला ।
सिममा ब्यालेन्स चेक गर्दा, कुनै किसिमका प्याकहरू लिनुपर्दा बाहेक अन्य परिस्थितिमा एस्ट्रिक (*) र ह्याशट्याग (#) कमै प्रयोग गरिन्छ । अन्य थुप्रै कोडहरू पनि उपलब्ध छन्, जसबाट हामी फोनका विभिन्न फिचरबारे जानकारी पाउन सक्छौं ।
आज हामी यस्ता सङ्केत प्रयोग गरी निर्माण गरिएका कोडहरूको माध्यमबाट एन्ड्राेइड फोनका कुन-कुन फिचरहरू हेर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।
यसबाट निर्माण हुने कोडहरू विशेषगरी दुई मुख्य वर्गमा विभाजन गरिएको हुन्छ । ती हुन् यूएसएसडी कोड र एमएमआई कोड ।
फरक-फरक फोनहरूमा भिन्ना-भिन्नै कोडले काम गर्ने भएकाले सबै फोनमा काम लाग्ने कोडको जानकारी दिन सम्भव नहाेला । त्यसैले हामी अधिकांश फोनमा काम गर्ने केही निश्चित गोप्य कोडका बारेमा यहाँ चर्चा गर्दैछौं ।
| कोड | काम |
| *#०६# | फोनको आईएमईआई हेर्न |
| *#०७# | डिभाइसको एसएआर रेट हेर्न |
| *#*#२२५#*#* | क्यालेन्डर स्टोरेज हेर्न |
*#*#४२६#*#* | गुगल प्ले सर्भिसको जानकारी |
| *#*#४६३६#*#* | फोन र वाई-फाईको जानकारी |
| *#*#१२३४#*#* | पीडीए सफ्टवेयर भर्जन (निश्चित फोनका लागि) |
| *#१२५८०*३६९# | सफ्टवेयर र हार्डवेयरको जानकारी (निश्चित फोनका लागि) |
| *#७४६५६२५# | डिभाइस लकको अवस्था (निश्चित फोनका लागि) |
| *#*#२३२३३८#*#* | म्याक एड्रेस (निश्चित फोनका लागि) |
| *#*#२६६३#*#* | टच स्क्रिन भर्जन जानकारीका लागि (निश्चित फोनका लागि) |
| *#*#३२६४#*#* | र्याम भर्जन (निश्चित फोनका लागि) |
| *#*#२३२३३७#*# | ब्लुटुथ एड्रेशका लागि |
| *#*#२२२२#*#* | हार्डवेयर भर्जनका लागि |
| *#*#४४३३६#*#* | सफ्टवेयर भर्जन र अपडेट जानकारीका लागि |
| *#*#२७३२८२*२५५*६६३२८२*#*#* | मिडियामा भएका सबै ब्याकअपका लागि |
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२
