close

स्मार्टफोनका यी गोप्य कोड, जुन तपाईंलाई थाहा नहुनसक्छ

टेकपाना टेकपाना

बैशाख २१, २०७९ २०:३०

स्मार्टफोनका यी गोप्य कोड, जुन तपाईंलाई थाहा नहुनसक्छ

काठमाडौं । हाम्रो मोबाइल फोनमा कतिपय यस्ता कुरा छन्, जसमा पहुँच बनाउन हामीलाई गोप्य कोडहरूको आवश्यकता पर्ने गर्छ । यदि तपाईंले प्रविधितिर चासो राख्ने गर्नुभएको छ भने केही कोडहरूको बारेमा त जानकारी नै होला ।

सिममा ब्यालेन्स चेक गर्दा, कुनै किसिमका प्याकहरू लिनुपर्दा बाहेक अन्य परिस्थितिमा एस्ट्रिक (*) र ह्याशट्याग (#) कमै प्रयोग गरिन्छ । अन्य थुप्रै कोडहरू पनि उपलब्ध छन्, जसबाट हामी फोनका विभिन्न फिचरबारे जानकारी पाउन सक्छौं ।

आज हामी यस्ता सङ्केत प्रयोग गरी निर्माण गरिएका कोडहरूको माध्यमबाट एन्ड्राेइड फोनका कुन-कुन फिचरहरू हेर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्छौं ।

यसबाट निर्माण हुने कोडहरू विशेषगरी दुई मुख्य वर्गमा विभाजन गरिएको हुन्छ । ती हुन् यूएसएसडी कोड र एमएमआई कोड ।

फरक-फरक फोनहरूमा भिन्ना-भिन्नै कोडले काम गर्ने भएकाले सबै फोनमा काम लाग्ने कोडको जानकारी दिन सम्भव नहाेला । त्यसैले हामी अधिकांश फोनमा काम गर्ने केही निश्चित गोप्य कोडका बारेमा यहाँ चर्चा गर्दैछौं ।

कोडकाम
*#०६# फोनको आईएमईआई हेर्न
*#०७#डिभाइसको एसएआर रेट हेर्न
*#*#२२५#*#*क्यालेन्डर स्टोरेज हेर्न

*#*#४२६#*#*
गुगल प्ले सर्भिसको जानकारी
*#*#४६३६#*#* फोन र वाई-फाईको जानकारी
*#*#१२३४#*#* पीडीए सफ्टवेयर भर्जन (निश्चित फोनका लागि)
*#१२५८०*३६९# सफ्टवेयर र हार्डवेयरको जानकारी (निश्चित फोनका लागि)
*#७४६५६२५# डिभाइस लकको अवस्था (निश्चित फोनका लागि)
*#*#२३२३३८#*#* म्याक एड्रेस (निश्चित फोनका लागि)
*#*#२६६३#*#* टच स्क्रिन भर्जन जानकारीका लागि (निश्चित फोनका लागि)
*#*#३२६४#*#* र्‍याम भर्जन (निश्चित फोनका लागि)
*#*#२३२३३७#*# ब्लुटुथ एड्रेशका लागि
*#*#२२२२#*#* हार्डवेयर भर्जनका लागि
*#*#४४३३६#*#* सफ्टवेयर भर्जन र अपडेट जानकारीका लागि
*#*#२७३२८२*२५५*६६३२८२*#*#* मिडियामा भएका सबै ब्याकअपका लागि

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२