close

अब एनएमबि बैंकबाट पनि केयूकेएलको भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

बैशाख २२, २०७९ २१:१९

अब एनएमबि बैंकबाट पनि केयूकेएलको भुक्तानी गर्न सकिने

काठमाडौं । अब एनएमबि बैंकका ग्राहकले पनि मोबाइल बैंकिङ प्रयोग गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को महसुल भुक्तानी गर्नसक्ने भएका छन् ।

बैंकले केयूकेएलसँग सम्झौता गरी बैंकका ग्राहकलाई ओम्नी च्यानल एप तथा वेब प्रयोग भुक्तानी गर्ने सुविधा उपलब्ध गराएको हो ।

आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएकाे छ ।

यसअघि नै डिजिटल भुक्तानी माध्यम ईसेवा, खल्तीबाट खानेपानीको महसुस भुक्तानी गर्ने सुविधा सुरु भइसकेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२