काठमाडौं । साझा यातायातको तीनवटा विद्युतीय बस काठमाडौं आइपुगेको छ । सार्वजनिक सवारीतर्फ विद्युतीय गाडी गुडाउने उद्देश्यसहित साझाले चीनको नान्जिङ स्थित कारखानामा निर्माण भएको तीन विद्युतीय बस कम्पनीले शुक्रबार काठमाडौं भित्र्याएको हो ।
काठमाडौंको बाटोमा परीक्षणको रुपमा यी बसहरू आइपुगेका हुन् । योसँगै पहिलो चरणमा आउने ४० मध्ये ३७ बस पनि छिट्टै आउने कम्पनीको भनाइ छ ।
यी बस भने पहिले सरकारी विज्ञले परीक्षण गर्नेछ । परीक्षणपछि मात्र बसहरू सर्वसाधारणका लागि उपलब्ध हुनेछ ।
साझा यातायातले गत असोज २२ गते चीनको सीएचटिसी किनविङ (नान्जिन) अटोमोबाइल कम्पनी लिमिटेडसँग ४० बस खरिदका लागि सम्झौता गरेको थियो ।
२६ सिट क्षमता भएका बस अपाङ्गमैत्री छन् । यी बस एकपटक चार्ज गरेपछि ४२ भन्दा बढी यात्रु लिई २०० किलोमिटर गुड्नसक्ने भनिएको छ ।
At long last, three battery-operated buses have arrived at @SajhaYatayat premises. They will be tested by Government experts after which remaining 37 will arrive. Order for 40. pic.twitter.com/y5dUr8DWmA