close

बिहीबार सार्वजनिक हुँदै १२ जीबीसम्म र्‍याम भएको वनप्लस नोर्ड २ टी, कति होला मूल्य ?

टेकपाना टेकपाना

बैशाख ३०, २०७९ १९:५१

बिहीबार सार्वजनिक हुँदै १२ जीबीसम्म र्‍याम भएको वनप्लस नोर्ड २ टी, कति होला मूल्य ?

काठमाडौं । वन प्लसले  आउँदो बिहीबार आफ्नो नयाँ स्मार्टफोन वनप्लस नोर्ड टु टी फाइभजी सार्वजनिक गर्ने भएको छ । कम्पनीले आफ्नो आधिकारिक वेबसाइटमामार्फत नयाँ आउने स्मार्टफोनका केही तस्वीर समेत सार्वजनिक गरेको छ ।

वनप्लसको यो फोनमा ९० हर्ज रिफ्रेश रेट सहितको ६.४३ इन्च फुल एचडी तथा एमोलेड डिस्प्ले रहेको छ । त्यस्तै सेल्फी पारखीहरूका लागि डिस्प्लेको बायाँ छेउमा ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ ।

त्यस्तै मिडियाटेक डाइमेन्सिटी १३०० एसओसी चिपसेट राखिएको यो फोन १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजसम्ममा उपलब्ध हुनेछ । ४५००० एमएएच ब्याट्री भएको वन प्लस नोर्ड टु टी स्मार्टफोनमा ८० वाटको फास्ट चार्जिङ सपोर्ट रहेको बताइएको छ ।

एन्ड्रोइड १२ भर्सनमा आधारित अक्सिजन ओएस (अपरेटिङ सिस्टम) मा चल्ने यो फोनमा फोटोग्राफीका लागि ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ ।

साथमा आठ मेगापिक्सेको अल्ट्रावाइड र दुई मेगापिक्सेलको माइक्रोक्रोम लेन्स दिइएको छ । आठ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रेन्जको फोन ३९९ अमेरिकी डलर (४९ हजार ७ सय हाराहारी) पर्ने अनुमान गरिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२