काठमाडौं । क्रिप्टोकरेन्सीलाई वैधानिकता दिने पहिलो देश एल साल्भाडोरमा आयोजना हुन गइरहेको डिजिटल अर्थतन्त्र र बिटक्वोइन सम्बन्धी छलफलमा नेपाल राष्ट्र बैंक पनि सहभागी हुने भएको छ ।
मंगलबार हुने यो छलफलनमा नेपाल लगायत अन्य ४४ देशका वित्तीय नियामक निकाय सहभागी हुँदैछन् । नेपाल राष्ट्र बैंकको तर्फबाट पनि डिजिटल अर्थतन्त्रसम्बन्धी विभागको एक टोली कार्यक्रममा सहभागी हुन एल साल्भाडोर पुगिसकेको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
नेपालले पनि आफ्नै डिजिटल मुद्रा ल्याउने विषयमा अध्ययन गरिरहेको अवस्थामा एल साल्भाडोरमा नेपालको तर्फबाट सहभागिताको लागि टोली पठाइएको उनले बताए ।
कार्यक्रममा वित्तीय समावेशीकरण, डिजिटल अर्थतन्त्र, बैंकिङ व्यवस्था लगायत एल साल्भाडोरमा बिटक्वाइनको प्रयोग र देशले यसबाट लिएका फाइदाकाे विषयमा छलफल हुनेछ ।
गत वर्ष एल साल्भाडोरले बिट्क्वाइनलाई आफ्नो देशको वैधानिक मुद्राको रुपमा स्वीकार गरेको थियो । योसँगै आफ्ना नागरिकलाई बिटक्वाइन प्रयोगमा प्रोत्साहन गर्न सरकारले विभिन्न गतिविधि पनि गर्दै आएको छ ।
नेपालमा भने बिटक्वाइन लगायत सबै प्रकारका क्रिप्टोकरेन्सी प्रतिबन्धित छ । यद्यपि राष्ट्र बैंकले देशको छुट्टै डिजिटल मुद्रा जारी गर्ने विषयमा अध्ययन गरिरहेको छ ।
Tomorrow, 32 central banks and 12 financial authorities (44 countries) will meet in El Salvador to discuss financial inclusion, digital economy, banking the unbanked, the #Bitcoin rollout and its benefits in our country.