काठमाडौं । इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले नयाँ इन्टरनेट प्याकेज ल्याएको छ ।
कम्पनीले ५ गिगाहर्ज डुअल ब्यान्ड राउटरका साथ तीन महिनाका लागि २२५ एमबीपीएस इन्टरनेट ३३ सय रूपैयाँ (भ्याटबाहेक) मा उपलब्ध गराउने भएको छ ।
आईपी टिभी प्रयोग नगर्ने ग्राहकका लागि लक्षित गर्दै कम्पनीले तीन महिने इन्टरनेट प्याकेज ल्याएको हाे ।
‘ग्राहकले डुअल ब्यान्ड राउटरका लागि एक हजार रूपैयाँ डिपोजिट राख्नुपर्नेछ । इन्स्टलेसन र फाइबर शुल्क भने लाग्नेछैन’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
डुअल ब्यान्ड राउटरसहितको २२५ एमबीपीएस स्पिड गेमिङ, अनलाइन क्लास, लाइभ स्ट्रिम, भिडिओ कलिङ आदिमा उपयाेगी हुने कम्पनीकाे विश्वास छ ।