close

सफ्टवेयर तयार नहुँदा ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अनिश्चित

टेकपाना टेकपाना

जेठ ९, २०७९ १५:३०

सफ्टवेयर तयार नहुँदा ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन अनिश्चित

काठमाडौं । सफ्टवेयर तयार नहुँदा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन आवेदन खुल्ने मिति अझै अनिश्चित भएकाे छ ।

यातायात व्यवस्था विभागले यसअघि जेठको पहिलो हप्ताबाट लाइसेन्सको आवेदन खुलाउने तयारी गरेपनि प्राविधिक काम नसकिएकाले केही समय ढिलो हुने विभागका प्रवक्ता इश्वरीदत्त पनेरुले बताए ।

‘विभागले गर्नुपर्ने अन्य प्रशासनिक काम सबै सकिसकेको छ । आवेदनका लागि सफ्टवेयर तयार हुन समय लागिरहेको हुँदा हामीले यो साता अनलाइन सेवा खुलाउन सकेनाैं,’ उनले भने, ‘पुरानो सफ्टवेयरबाट नयाँ सफ्टवेयरमा डेटा शिफ्ट गर्नुपर्ने लगायतका यावत् प्राविधिक काम समाधान हुन बाँकी छ ।’

आवेदन कहिलेदेखि खुलाउने ठ्याक्कै यकिन नभए पनि सफ्टवेयरको काम सक्ने वित्तिकै आवेदन खुल्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२