close

बजारमा २०० मेगापिक्सेल क्यामेरा भएको मोटोरोला फोन आउँदै

टेकपाना टेकपाना

जेठ १०, २०७९ ६:३६

बजारमा २०० मेगापिक्सेल क्यामेरा भएको मोटोरोला फोन आउँदै

काठमाडौं । लामो समयदेखि चर्चामा रहेको मोटोरोलाको नयाँ फ्ल्यागशिप फोन सार्वजनिक हुने मिति बाहिरिएकाे छ । कम्पनीले २०० मेगापिक्सेल मुख्य क्यामेरा सहितको ‘माेटाेराेला फ्रन्टियर’ स्मार्टफोन यही जुलाईमा सार्वजनिक गर्ने घोषणा गरेको हो ।

गत वर्षदेखि चर्चामा रहेको यो फोन अहिलेसम्मकै धेरै चर्चा पाउने मोटोरोलाको फोन हो । यो फोनको मुख्य आकर्षण यसको क्यामेरा सेटअप हो ।

२०० मेगापिक्सेलको मुख्य क्यामेरा सहित फोनमा एटके (8K) भिडिओ रेकर्डिङ सुविधा उपलब्ध गराइएको छ । स्न्यापड्रागन ८ जेन १ चिपसेटमा आधारित हुने यो फोनमा १४४ हर्जको रिफ्रेस रेट सहितको ६.६७ इन्चको डिस्प्ले हुने बताइएको छ ।

यो फोन ८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज र १२ जीबी र्‍याम सहित २५८ जीबी स्टोरेजको भेरियन्टमा उपलब्ध हुनेछ । फोनमा १२५ वाटको वायर तथा वायरलेस चार्जिङ सपोर्ट भएको ४५०० एमएएचको ब्याट्री उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२