close

एक्कासी कता हरायो फेसबुकको ‘इग्नोर मेसेज’ फिचर ?

टेकपाना टेकपाना

जेठ ९, २०७९ २२:३४

एक्कासी कता हरायो फेसबुकको ‘इग्नोर मेसेज’ फिचर ?

काठमाडौं । फेसबुकले जनवरी २०२० मा मेसेन्जर एपमा ‘इग्नोर मेसेज’ फिचर ल्याएको थियो । जसका माध्यमबाट प्रयोगकर्ताले आफूलाई इच्छा नभएका व्यक्तिको च्याट वा कल अस्वीकार गर्न सक्थे ।

यदि तपाईंलाई कुनै व्यक्तिले लगातार मेसेज वा कल गरेर सताइरहेको छ भने तपाईंले उसको च्याट ‘इग्नोर’ मा राख्न सक्नुहुन्थ्याे ।

यसबाट ‘इग्नोर’ गरिएको व्यक्तिले आफू इग्नोर लिस्टमा परेको कुरा कुनै माध्यमबाट जानकारी पाउन सक्दैनन् । तर केही दिनदेखि म्यासेन्जरको ‘इग्नोर’ फिचर एकाएक हटेको छ ।

यदि तपाईंको मेसेन्जरमा अझै पनि इग्नोर मेसेज फिचर छ भने एप अपडेट गरेर हटाउन सक्नुहुन्छ । यदि तपाईंको मेसेन्जरबाट इग्नोर मेसेज फिचर हटेको छ भने त्यसको विकल्पमा ‘रेस्ट्रिक्ट’ (restrict) देख्न सक्नुहुन्छ ।

मेसेन्जरको रेस्ट्रिक्ट फिचरले पनि वास्तवमा इग्नोर मेसेज फिचरकै काम गर्छ । यसको नाम मात्र परिवर्तन भएको अनुमान लगाउन सकिन्छ । फेसबुकले इग्नोर फिचर परिवर्तन गरेर रेस्ट्रिक्ट फिचर ल्याएको कुरा कतै उल्लेख गरेको छैन ।

मेसेन्जरमा रेस्ट्रिक्ट फिचर इनेबल गर्न आफूले रेस्ट्रिक्ट गर्न चाहेको व्यक्तिको नाम च्याटलिस्टमा गई केही बेर ट्याप गरिरहनु होस् । त्यसपछि त्यहाँ अन्तिममा रेस्ट्रिक्टको अप्सन देख्न सक्नुहुन्छ । त्यसपछि अर्को पेजमा ‘रेस्ट्रिक्ट फलानो’ भनेर आउँछ ।

यदि तपाईं पहिलोपटक कसैलाई रेस्ट्रिक्ट गर्दै हुनुहुन्छ भने मात्र अर्को फेज देख्न सक्नुहुन्छ । अन्यथा च्याटलिस्टमा ट्याप गरिसकेपछि देखिने रेस्ट्रिक्ट अप्सनमा ट्याप गर्ने वित्तिकै सो व्यक्ति रेस्ट्रिक्ट हुन्छ ।

त्यस्तै तपाईं सो व्यक्तिको च्याटमा जानुभयो भने माथिपट्टि ‘आई’ (i) आइकन देख्न सकिन्छ । त्यसमा ट्याप गर्नुभयाे भने अन्तिममा रेस्ट्रिक्टको अप्सन देखिन्छ ।

त्यसमा ट्याप गर्दा सो व्यक्ति रेस्ट्रिक्सन लिस्टमा पर्छ । यदि तपाईंले सो व्यक्तिलाई रेस्ट्रिक्सन लिस्टबाट निकाल्न चाहनुभयो भने सर्च बारमा गई सोही व्यक्तिको नाम सर्च गर्नुपर्ने हुन्छ ।

उसको च्याट खोलेको खण्डमा त्यहाँ अन्तिममा अनरेस्ट्रिक्टको अप्सन देख्न सक्नुहुन्छ । त्यसमा ट्याप गर्‍यो भने सो व्यक्ति अनरेस्ट्रिक्ट हुन्छ ।

रेस्ट्रिक्ट अन्य कुन-कुन परियोजनका लागि गर्नुपर्ने हुन्छ भन्ने प्रश्न आउनसक्छ । यदि तपाईंले एक्टिभ स्ट्याटस अन गरेर मेसेन्जर प्रयोग गरिरहनु भएको छ भने रेस्ट्रिक्ट गरेको व्यक्तिले तपाईंलाई एक्टिभ फ्रेन्डको लिस्टमा देख्नसक्ने छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२