काठमाडौं । राष्ट्रिय सहकारी महासङ्घले सहकारीको डिजिटल रूपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सम्झौता गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा महासङ्घका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सहकारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासङ्घका अध्यक्ष मीनराज कँडेलले बताए ।
महासङ्घ सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा रहेको उनकाे भनाइ थियाे ।
राष्ट्रिय सहकारी बैङ्कका अध्यक्ष केबी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग महासङ्घले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे ।
महासङ्घका महाप्रबन्धक सुब्बाले महासङ्घले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यका रूपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताए ।
सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपाल सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । कम्पनीले हाल १ हजारभन्दा बढी सहकारी दर्जनौ लघुवित्त र केही बैंकहरुलाई सेवा दिइरहेको छ ।