काठमाडौं । डिशहोम फाइबर नेटले इन्टरनेट सेवा विस्तारमा आक्रामक उपस्थिति देखाएको छ । कम्पनीले पछिल्लो एक वर्षको अवधिमा नयाँ ग्राहक बनाउने मामिलामा वर्ल्डलिङ्क बाहेकका सबै कम्पनीहरूलाई माथ खुवाएको हो ।
कम्पनी चालु आर्थिक वर्षको सुरुवाती आठ महिनाको अवधिमै ६४ हजार ४५१ ग्राहक थप्न सफल भएको छ । यससँगै डिशहोम फाइबर नेटका कूल ग्राहक ८२ हजार ५१५ नाघेका छन् ।
जब कि गत असार मसान्तसम्म कम्पनीका ग्राहकको सङ्ख्या १७ हजार ९६४ मात्र रहेको थियो । एफटीटीएच इन्टरनेटमा क्लासिक टेकले ५४ हजार १६१, नेपाल टेलिकमले ४८ हजार १६९, सुबिसुले २९ हजार ८२२, टेकमाइन्ड्सले २२ हजार २३६ र सीजी नेटले १८ हजार ९४५ नयाँ ग्राहक थप गरेका छन् ।
यस अवधिमा सबैभन्दा धेरै ग्राहक थप गर्ने इन्टरनेट सेवाप्रदायक कम्पनीहरूको पहिलो नम्बरमा भने वर्ल्डलिङ्क रहेको छ । वर्ल्डलिङ्कले आठ महिनाको अवधिमा एक लाख १३ हजार ७५८ नयाँ ग्राहक थपेको छ । एफटीटीएच इन्टरनेटमा ६ लाख २३ हजार ८५ ग्राहक सङ्ख्याका साथ वर्ल्डलिङ्क पहिलो नम्बरमा छ ।