close

सुरु भयो निःशुल्क फोटोशप तालिम, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ १२, २०७९ ११:१४

सुरु भयो निःशुल्क फोटोशप तालिम, यसरी हुनुहोस् सहभागी

काठमाडौं । टेकपाना र नियोस्फेयरको सहकार्यमा फोटोशपको अनलाइन तालिम सुरु भएको छ । तालिम टेकपानाको युट्युब च्यानलमा हरेक बुधबार र शनिबार साँझ ७ बजे प्रसारण हुनेछ ।

२० वटा शृंखलामा सार्वजनिक हुने यो तालिमको सबै शृंखला टेकपानाको युट्युब च्यानलमा प्रसारण हुनेछ । तालिममा सहभागी हुन कुनै शुल्क लाग्दैन । तालिमपछि सीप प्रमाणपत्र लिन चाहनेले भने भौतिक रुपमा उपस्थित भएर परीक्षामा सहभागी हुनु पर्नेछ । परीक्षा उत्तिर्ण गर्नेहरुले प्रमाण पत्र प्राप्त गर्न सक्ने छन् ।
फोटोशप आधारभूत तालिमको पहिलो शृंखला यहाँ हेर्नुहोस्:

फोटोशप तालिमको हरेक शृंखलाको नोटिफिकेसन प्राप्त गर्न टेकपानाको युट्युब च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२