close

ह्वावे बन्यो एसिया प्रशान्त क्षेत्रमा ‘सबैभन्दा छिटो विस्तार हुने’ क्लाउड प्रदायक

टेकपाना टेकपाना

जेठ १२, २०७९ १७:३३

ह्वावे बन्यो एसिया प्रशान्त क्षेत्रमा ‘सबैभन्दा छिटो विस्तार हुने’ क्लाउड प्रदायक

काठमाडौं । ह्वावे र आसियान फाउण्डेसनको सहकार्यमा भर्खरैमात्र एसिया प्यासिफिक डिजिटल इनोभेसन कंग्रेस २०२२ सिंगापुरमा सम्पन्न भएको छ । ह्वावेले उक्त कार्यक्रममा आफ्ना ग्राहक, विशेषज्ञ, विद्वान र विश्लेषकसँग डिजिटल अर्थतन्त्र र उद्योगमा भएका नयाँ आविष्कारलाई सँगसँगै राखेर छलफल गरेको थियो ।

कार्यक्रममा क्लाउड सेवा उद्योग फोरममा ह्वावे क्लाउडकी ग्लोबल मार्केटिङ र सेल्स सर्भिस प्रमुख अध्यक्ष ज्याकलिन शिको समेत प्रस्तुति रहेको थियो । कार्यक्रममा उनले भनेकी थिइन्, “सन् २०२१ मा ह्वावे क्लाउडले आफ्नो पछिल्लो रणनीति ‘ड्राइभ इन डिजिटल विथ एभ्रिथिङ एज ए सर्भिस’ जारी गरेको छ । त्यसमा ‘एभ्रीथिङ’ ले ह्वावेको भिजन र उद्योगमा अनुभवलाई प्रतिनिधित्व गर्छ ।”

“विगतमा क्लाउड सेवाहरूको कुरा आउँदा अधिकांशलाई आईएएएस, पास र सासको बारेमात्रै जानकारी हुने गर्थ्यो,” उनले भनिन्, ‘तर, डिजिटल रूपान्तरणका लागि प्रविधि र स्रोतमात्रै पूर्ण छैन । सँगसँगै अनुभव, सेवा र विचार लगायतका कुराले पनि फरक पार्छ ।”

“हामीले विगत ३० वर्षमा ‘राम्रो सेवा, राम्रो गुणस्तर र द्रुत प्रतिक्रिया’ मार्फत क्यारियर र इन्टरप्राइज बिजनेसमा ग्राहकको विश्वास जित्न सफल भएका छौँ । ग्राहकको आवश्यकता अनुसारको प्रविधि उपलब्ध गराउन सफल भएका छौँ । त्यही विश्वास, त्यही प्रविधि र नयाँ आविष्कार सहितको गुणस्तरीय क्लाउड सेवा हामीले ‘इन एसिया प्यासिफिक, फर एसिया प्यासिफिक’ का रूपमा अघि बढाएका हौँ ।”

कार्यक्रममा बोल्दै ह्वावे क्लाउड एसिया प्यासिफिकका अध्यक्ष जेङ जिङयुले भने, “ह्वावे क्लाउडमा उपलब्ध स्थानीकृत सेवा (लोकलाइज्ड सर्भिस) सन् २०२१ मा एसिया प्रशान्तमा सबैभन्दा द्रुत गतिमा अघि बढ्ने क्लाउड सेवा प्रदायक भएको छ ।” उनले  एसिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउडका ६ ओटा रणनीति रहेको समेत बताएका छन् ।

“हामी क्लाउड सुधारका लागि निरन्तर पूर्वाधारमा केन्द्रित छौँ । बजार रणनीतिका हिसाबले हाम्रो योजना डिजिटल रूपान्तरण, व्यवसायिक आविष्कार र उत्कृष्ट बिजनेश टु बिजनेश सर्भिस निर्माण गरी ग्राहकलाई अतिरिक्त लाभ प्रदान गर्नु हो ।”

एसिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउड सन् २०१८ देखि सञ्चालनमा आएको हो । यस अवधिमा चीनको दोस्रो ठूलो क्लाउड सेवा प्रदायक बन्न सफल भएको छ । थाइल्याण्डमा तेस्रो हुँदा अन्य विकसित मुलुकमा चौथो नम्बरमा छ । ह्वावे क्लाउड रिजन हाल हङकङ, सिङ्गापुर, थाइल्याण्ड र मलेसियामा सञ्चालनमा छ ।

यसै वर्ष इन्डोनेसियामा समेत सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । त्यसपछि क्रमशः फिलिपिन्स, भियतनाम, भारत, जापान र दक्षिण कोरियामा समेत उपलब्ध हुने उल्लेख छ । 

यो अवधिमा ह्वावे क्लाउडको ग्राहक सङ्ख्या वार्षिक १५६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । इकोसिस्टम पार्टनरको हिसाबले हरेक वर्ष ९० प्रतिशतले बढ्दै गएको छ ।

त्यस्तै, पार्टनर कम्पनीको आम्दानी १५० प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ मा विकास भएको ग्लोबल नेटवर्क एक्सिलेरेसन सर्भिस (जीए), रियल टाइम अडियो भिडिओ सर्भिस लगायतका विभिन्न सेवाले यसलाई अझ बढी प्रभावकारी बनाएको कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२