close

मोको डिजिटल वालेटमा एभरेष्ट बैंकको डेबिट/क्रेडिट कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

टेकपाना टेकपाना

भदौ ८, २०७९ १३:१६

मोको डिजिटल वालेटमा एभरेष्ट बैंकको डेबिट/क्रेडिट कार्ड लिंक गरी भुक्तानी गर्न सकिने

काठमाडौं । फोकसवान पेमेन्ट सोलुसन्स प्रालिले सञ्चालनमा ल्याएकाे मोको डिजिटल वालेट र एभरेष्ट बैंक लिमिटेडबीच भिसा कार्डमार्फत हुने डिजिटल भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ ।

बैंकका ग्राहकले आफ्नो डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गरी ती कार्डहरुबाट विभिन्न सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

प्रयोगकर्ताले मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाका लागि वालेट प्रयोग गर्न सक्नेछन् ।

यसैगरी बैंकका ग्राहकले मोकोमार्फत स्क्यान टु पे (Scan to Pay) माध्यमबाट समेत रकम भुक्तानी समेत गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३