काठमाडौं । फ्रि फायर नेपाल च्याम्पियनशिपको टुर्नामेन्ट फर्म्याट सार्वजनिक भएको छ । नेपाली फ्री फायर प्लेयरलाई लक्षित गरी आयोजना हुन लागेको यो टुर्नामेन्ट फर्म्याट गरिनाले भर्खरै सार्वजनिक गरेको हो ।
गरिनाले सार्वजनिक गरेको टुर्नामेन्ट फर्म्याट अनुसार फ्रि फायर च्याम्पियनशिपको लागि खुला प्रतिस्पर्धाबाट १२ टिम र आमन्त्रित छ टिम गरी जम्मा १८ टिमले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि भोलि बिहीबारदेखि रजिस्ट्रेसन सुरु हुनेछ ।
खुला प्रतिस्पर्धा ९ जुन देखि १५ जुन सम्म चल्ने बताइएको छ । जसमा सबै मोबाइल फ्रि फायर खेलाडीहरूले प्रतिस्पर्धा गर्न सक्नेछन् । आमन्त्रित टिमहरूमा यसअघि भएको फ्रि फायर नेपाल इन्भिटेसनल प्रतियोगितामा शीर्ष छ मा पर्न सफल टिमहरूलाई समावेश गरिएको छ ।
जसमा अभिषेक वाईटी, खुकुरी ई-स्पोर्टस, तोन्डे गेमर ई-स्पोर्टस, ट्रेन टु किल, मुन लाइट ई-स्पोर्टस र ब्रदरहुड रहेका छन् । लिग चरणमा शीर्ष छ भित्र पर्ने टिम सोझै फाइनलका लागि छनौट हुनेछन् । बाँकी १२ टिमले भने पुनः एकअर्का विरुद्ध खेल्नुपर्नेछ । यसबाट पनि शीर्ष ६ भित्र पर्न सफल टोली फाइनल प्रवेश गर्ने छन् ।
यसरी समग्रमा १२ टिमहरू फाइनलमा भिड्ने छन् । टिमहरूको स्थान उनीहरूले गेममा गरेको बोया, किल जस्ता विषयमा निर्भर हुनेछ ।