close

पठाओको ‘दशैं महोत्सव’, बम्पर उपहारमा पल्सर र डिस्कभर बाइक जित्न सकिने

टेकपाना टेकपाना

भदौ २२, २०७९ १३:३२

पठाओको ‘दशैं महोत्सव’, बम्पर उपहारमा पल्सर र डिस्कभर बाइक जित्न सकिने

काठमाडौं । राइड शेयरिङ प्लेटफर्म पठाओ नेपालले ‘दशैं महोत्सव २०७९’ घोषणा गरेको छ । आफ्ना राइडर, क्याप्टेन र फुडम्यानका लागि लक्षित गर्दै कम्पनीले याे याेजना ल्याएकाे हाे ।

“पठाओको अग्रभागमा रहेर खटिने साथीहरूको अमूल्य योगदानको कदर गर्दै भदौ २३ गतेदेखि असोज १२ गतेसम्मका लागि महोत्सव आयोजना गरिएको हो,” पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताइन् । 

उनका अनुसार तोकिएको प्रक्रिया पूरा गर्ने राइडर, फुडम्यान र क्याप्टेनहरुले लक्की ड्रबाट हरेक हप्ता टिभी, रेफ्रिजेरेटर जस्ता विभिन्न पुरस्कार जित्न सक्नेछन् ।

राइडर, क्याप्टेन र फुडम्यानमा दुई जनालाई लक्की ड्रमार्फत छनौट गरी बम्पर उपहारमा बजाज पल्सर २२० र बजाज डिस्कभर १२५ दिइने उनले जानकारी दिइन् ।

तीन हप्तामा ९ जना र बम्पर उपहारमा २ जना गरि कुल ११ जना विजेता हुनेछन् । पुरस्कारहरू जित्न तोकिएको मापदण्ड पूरा गरी नियमहरूको पूर्ण रूपमा पालना गर्नुपर्ने बताइएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३