close

५० मेगापिक्सेल क्यामेरा सहित नोकिया जी११ प्लस नेपाली बजारमा, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ २७, २०७९ १६:३७

५० मेगापिक्सेल क्यामेरा सहित नोकिया जी११ प्लस नेपाली बजारमा, कति होला मूल्य ?

काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक एचएमडी ग्लोबलले नेपाली बजारमा ‘नोकिया जी११ प्लस’ सार्वजनिक गरेको छ ।

‘जी’ सिरिजको सफलतालाई पछ्याउँदै कम्पनीले नयाँ फोन सार्वजनिक गरेको हो ।

एन्ड्रोइड १२ मा आधारित फोनामा हरेक महिना सुरक्षा अपडेट र लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप उपलब्ध रहेको कम्पनीले जनाएकाे छ ।

‘पछिल्लो समय वातावरणमा पर्ने असरलाई मध्यनजर गर्दै ग्राहक आफ्नो स्मार्टफोन लामो समयसम्म प्रयोग गर्न चाहन्छन्,’ एचएमडी ग्लोबलका सीईओ फ्लोरियन सेइशले भने, ‘नयाँ नोकिया जी११ प्लसमा प्रयोगकर्तालाई तीन दिनसम्म ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेट र एन्ड्रोइडका तीन संस्करण सुनिश्चित प्रदान गरिएको छ ।’

कम्पनीका अनुसार फोनमा सुरक्षाका लागि फिङ्गरगरप्रिन्ट र फेस अनलक सुविधा उपलब्ध गराइएको छ ।

यो फोनमा सुपर ब्याट्री सेभर मोड उपलब्ध रहेको छ । त्यो हुँदा आवश्यक परेको खण्डमा उक्त मोड अन गरी थप केही घण्टा ब्याट्री टिकाउन सकिने जनाइएको छ ।

पोली कार्बोनेट बडीयुक्त फोनमा ६.५ इन्चको एचडी डिस्प्ले रहेको छ ।

फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ ।

३ जीबी र्‍याम र ६४ जीबी रोम भएकाे यो फोन नेपाली बजारमा १९ हजार ४९९ रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । यो फोन निलो रंगमा बजारमा उपलब्ध किन्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४