close

गुगल अलर्टः जसले यसरी बढाउन सक्छ तपाईँको वेबसाइटको ट्राफिक 

टेकपाना टेकपाना

जेठ १३, २०७९ १०:३६

गुगल अलर्टः जसले यसरी बढाउन सक्छ तपाईँको वेबसाइटको ट्राफिक 

काठमाडौं । तपाईँको ब्लग वा वेबसाइटमा ट्राफिकको महत्त्वपूर्ण भूमिका रहन्छ। वेबसाइट कस्ता व्यक्तिले भिजिट गर्छन्, के भनेर सर्च गर्छन्, कुन क्षेत्र बाट बढी ट्राफिक आउँछ भन्ने कुरा निकै महत्त्वपूर्ण रहन्छ। 

त्यसैको आधारमा तपाईँले सम्बन्धित पाठकलाई लक्षित गरेर ब्लग लेख्न सक्नुहुन्छ।  यसले तपाईँको वेबसाइटमा पाठक तथा भिजिटरको पहुँच बढाउँछ।

तपाईँले गुगल अलर्टमा किवर्ड सेट गरेर उक्त किवर्ड कहाँबाट कति खोजियो भनेर ईमेलमार्फत नोटिफिकेसन पाउन सक्नुहुन्छ।  गुगल अलर्ट धेरै पुरानो फिचर भए पनि तपाईँले भने अहिलेसम्म प्रयोग नगर्नुभएको हुन सक्छ।

यदि त्यसो हो भने आज हामी तपाईँलाई गुगल अलर्टले कसरी काम गर्छ र कसरी सेट अप गर्ने भन्ने बारे बताउँदै छौँ । यसका लागि सबैभन्दा पहिला आफ्नो वेब ब्राउजरमा गएर (https://www.google.com/alerts) सर्च गर्नुहोस् । 

त्यसपछि क्रियट अलर्टमा गएर कुनै एउटा किवर्ड सेट गर्नुहोस् ।  किवर्ड सेट गर्दा तपाईँको वेबसाइटबाट सर्वाधिक खोजिने किसिमको किवर्ड सेट गर्नु भयो भने धेरै रिजल्ट पाउन सक्नुहुन्छ।  

यसरी किवर्ड सेट गरिसकेपछि तपाईँले एडिट आइकन तथा सङ्केतमा क्लिक गरेर कसरी अलर्ट पाउने भन्ने कुरा मिलाउन सक्नुहुन्छ।  सेट गरेको किवर्ड मेन्सन हुने बित्तिकै अलर्ट पाउने कि समग्रमा दिनको एकपटक पाउने भन्ने कुरा तय गर्न सक्नुहुन्छ। 

त्यस्तै अलर्ट कुन ई-मेलमा प्राप्त गर्ने भन्ने कुरा पनि सेट गर्न सक्नुहुन्छ । यसरी सेटिङ मिलाएपछि अपडेट अलर्ट गर्नुहोस्।  यति गरिसकेपछि सेट गरेको किवर्ड कतै सर्च हुँदा तपाईँलाई ई-मेल अलर्ट आउँछ।  

यसरी आउने अलर्टको आधारमा तपाईँले कस्ता व्यक्तिले तपाईँको ब्लग पढ्छन्, कुन क्षेत्रमा धेरै पढिन्छ भन्ने कुरा अनुमान लगाउन सक्नुहुन्छ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२