close

स्टार्टअप कार्यक्रम : शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:४५

स्टार्टअप कार्यक्रम : शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने

काठमाडौं । युवा स्वरोजगारलाई प्रवर्द्धन गर्नका लागि सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा युवा स्टार्टअप कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले युवाहरूलाई लक्षित गर्दै युवा स्टार्टअप कार्यक्रम घोषणा गरेका हुन् ।

युवालाई उत्पादनमूलक उद्यम आर्कषण गर्न तालिम तथा शैक्षिक प्रमाणपत्रको आधारमा युवा स्टार्टअप कार्यक्रम अन्तर्गत उद्यम तथा व्यवसाय प्रस्तावको धितोमा सहुलियत पूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मिलाएको शर्माले बताए ।

यसको अर्थ मापदण्ड पूरा भएका युवाहरूले आफ्नो शैक्षिक प्रमाणपत्रको आधारमा तथा आफ्नो व्यवसायलाई धितो राखी सरकारबाट प्रदान गरिने सहुलियतपूर्ण ऋण लिन सक्नेछन् ।

‘युवाहरूको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वोरोगार बनाउने गरी कार्यक्रम सञ्चालन गरिनेछ,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४