close

सरकारले अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्ने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:५७

सरकारले अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्ने

काठमाडौं । सरकारले अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि अध्ययन प्रतिष्ठान स्थापना गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निजी अवधारण अन्तर्गत आगामी आर्थिक वर्षमा अन्तराष्ट्रियस्तरको प्राविधिक अध्ययन प्रतिष्ठान निर्माण गरिने बताएका हुन् ।

साथै प्राविधिक तथा व्यवसायिक शिक्षा तालिम परिषदको पूनः संरचना गरी छुट्टाछुट्टै तालिम नियामक निकाय र सीपमूलक तालिम कार्यान्वयन निकायको रुपमा विकास गरिने समेत उनले बताए ।

त्यस्तै प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्सांकन तथा परिमार्जन गरिने उनले उल्लेख गरे ।

अर्थमन्त्री शर्माका अनुसार प्राविधिक शिक्षालाई क्रमसः प्रदेशमा हस्तान्तरण गरिने छ । त्यसका लागि आठ अर्ब ३० करोड बजेट विनियोजन भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४