close

महिला हिंसा नियन्त्रण गर्न टोल फ्री नम्बरको व्यवस्था गरिने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १७:५२

महिला हिंसा नियन्त्रण गर्न टोल फ्री नम्बरको व्यवस्था गरिने

काठमाडौं । सरकारले महिलामाथि हुने पारिवारिक र सार्वजनिक स्थलमा हुने हिंसालाई कम गर्न टोल फ्री नम्बर व्यवस्था गर्ने भएको छ ।

आइतबार सङ्घीय संसद्को बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले टोल फ्री नम्बरको व्यवस्था गरिने जानकारी दिएका हुन् ।

उनले हाल सञ्चालनमा रहेको गुनासो व्यवस्थापन प्रणालीलाई सुदृण गर्ने समेत बताएका छन् । साथै विमानस्थल, बसपार्कजस्ता भिडभाड हुने सार्वजनिक स्थलमा प्रहरी महिला सेल र २४ घण्टा खुला रहने हेल्प लाइन स्थापना गरिने समेत मन्त्री शर्माले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४