close

विद्युतीय सवारी बनाउने उद्योगलाई पाटपुर्जा र कच्चा पदार्थमा भन्सार शुल्क १ प्रतिशत मात्रै 

टेकपाना टेकपाना

जेठ १५, २०७९ १९:८

विद्युतीय सवारी बनाउने उद्योगलाई पाटपुर्जा र कच्चा पदार्थमा भन्सार शुल्क १ प्रतिशत मात्रै 

काठमाडौं । सरकारले नेपालमै विद्युतीय रिक्सा, विद्युतीय मोटरसाइकल वा विद्युतीय स्कुटर उत्पादन गर्ने उद्योगलाई विशेष छुट दिने भएको छ ।

आइतबार आगामी आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन् ।

उनका अनुसार यस्ता उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ वा पाटपुर्जामा एक प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४