close

अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत प्यान नम्बर उपलब्ध गराइने

टेकपाना टेकपाना

जेठ १५, २०७९ १९:१

अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत प्यान नम्बर उपलब्ध गराइने

काठमाडौं । सरकारले अब नागरिकता तथा राष्ट्रिय परिचयपत्र प्रदान गर्दाकै बखत स्थायी लेखा नम्बर (प्यान) उपलब्ध गराउने भएको छ ।

आइतबार सङ्घीय संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन  शर्माले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याइनेछ ।

‘नाबालिक नागरिक समेत लगानी र व्यवसायमा संलग्न भएमा उनीहरूलाई जन्मदर्ता, नाबालिक परिचयपत्र वा अभिभावको परिचयपत्रको आधारमा स्थायी लेखा नम्बर प्रदान गरिनेछ,’ उनले भने । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४