काठमाडौं । एलईटिभीले आईफोनजस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ । आर्थिक समस्याले गर्दा विगत केही वर्षदेखि कम्पनीले कुनै स्मार्टफोन सार्वजनिक गरेको थिएन ।
अन्य सुविधालाई हेर्ने हो भने यो फोन त्यति प्रभावशाली मानिँदैन । तर, स्मार्टफोन उद्योगका लागि भने यसले आफू नयाँ प्रतस्पर्धी हुने संकेत गरेको छ । ‘एलईटिभी वाई वान प्रो’ डिजाइनमा दुरुस्तै आईफोन १३ जस्तै देखिन्छ ।
७५ डलर (करिब नाै हजार चार सय रुपैयाँ) बाट सुरू हुने यो फोन लो-इन्ड यूनिसक टी३१० चिपसेटद्वारा सञ्चालित छ । फाेरजी नेटवर्क मात्र सपोर्ट गर्ने यो फोनमा ४ जीबी र्याम छ भने ग्राहकले २५६ जीबी इन्टर्नल स्टोरेजसम्मकाे भेरियन्टमा फाेन खरिद गर्नसक्ने छन् ।
त्यस्तै यसमा माइक्रो एसडी कार्ड समेत समेत प्रयोग गर्न सकिन्छ ।
एलईटिभीको वाई वान प्रो फोनमा एचडी रेजाेलुसनको ६.५४ ईन्च एलसीडी स्क्रिन छ । यो फोन अन्य फोनको तुलनामा हलुङ्गो मानिन्छ, किनभने यसको तौल २०८ ग्राम मात्र छ ।
फिङ्गरप्रिन्ट स्क्यान गरेर लक खोल्न रुचाउनेहरू भने यो फोन प्रयोग गर्दा निराश हुनसक्छन । किनभने यसमा फिङ्गरप्रिन्ट स्क्यानरको विकल्प छैन ।
तर, चिन्ता नलिनुहोस् यो फोन एन्ड्रोइड ११ मा चल्ने भएकाले यसले फेस लक भने सपोर्ट गर्छ । फोनमा ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ भने सेकेन्डरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) लेन्स भएका दुईवटा ८ मेगापिक्सेलका मुख्य क्यामेरा छन् ।
टाइप-सी केबल सपोर्ट गर्ने फोनको ब्याट्री क्षमता ४००० एमएएच रहेको छ । एलईटिभीको वाई वान प्रो तीन विभिन्न मोडेल स्टार ह्वाइट, मिडनाइट ब्ल्याक र स्टार ब्लु मोडेल उपलब्ध छ ।
चिनियाँ बजारमा मात्र उपलब्ध एलईटिभी वाई वान प्रोको ४/३२ जीबी भेरियन्ट करिब नाै हजार ४०० रूपैयाँ (७५ डलर), ४/१२८ जीबी भेरियन्टको मूल्य १३ हजार ५०० (१०८ डलर), ४/२५६ जीबी भेरियन्टको मूल्य करिब १६ हजार ८०० (१३५ डलर) रहेको छ ।