close

निःशुल्क मोबाइल मनी र इन्टरनेट सुविधा सहित लक्ष्मी बैंकको ‘ग्रीन सेभिङ अकाउन्ट’

टेकपाना टेकपाना

जेठ २४, २०७९ ८:४२

निःशुल्क मोबाइल मनी र इन्टरनेट सुविधा सहित लक्ष्मी बैंकको ‘ग्रीन सेभिङ अकाउन्ट’

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ अकाउ’ पुनः सञ्चालनमा ल्याएको छ । हालको डिजिटल युगको फाइदा उठाउँदै अनलाइन खाता खोल्ने सेवा, भिडिओ-केवाईसी र डिजिटल बैंकिङजस्ता सेवा पूर्णरूपमा कागजविहीन बनाइएको हो ।

साथै यस खातामा ग्राहकले ८.०३ प्रतिशतको उच्चतम ब्याजदरमात्र नभई ग्रीन बैंकिङ प्याकेज (मोबाइल मनी र इन्टरनेट बैंकिङ) निःशुल्क प्राप्त गर्न सक्नेछन् ।

साथै बैंकको ‘एक खाता, एक रुख’ को प्रतिबद्धता अनुरुप ‘गो ग्रीन’ अभियानमा सहयोग पुग्नेगरी प्रत्येक ग्रीन सेभिङ खाताबापत बैंकले एउटा रुख रोप्ने पनि जनाएको छ ।

यसका साथै ग्रीन सेभिङ खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैंकले बताएको छ ।

यसका साथै मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (मोबइल मनी, डेबिट कार्ड, इन्टरनेट बैंकिङ तथा ईमेल अलर्ट सुविधा) एक वर्षका लागि निःशुल्क नवीकरण गर्न पनि सक्नेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३