close

भदौ ७ देखि राजधानीमा नाडा अटो शो, विद्युतीय सवारीको विशेष प्रदर्शनी हुने

टेकपाना टेकपाना

जेठ २४, २०७९ १०:८

भदौ ७ देखि राजधानीमा नाडा अटो शो, विद्युतीय सवारीको विशेष प्रदर्शनी हुने

काठमाडौँ । नाडा अटोमोबाइल्स अशोसियसन अफ नेपालले आगामी भदाै ७ देखि १२ गतेसम्म राजधानीमा ‘नाडा अटो शो २०२२’ आयोजना गर्ने भएको छ । अशाेसिएसनले एक विज्ञप्ति जारी गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा यस वर्षकाे अटाे शाे हुने जानकारी दिएको हो ।

कोभिड संक्रमण जोखिमका कारण दुई वर्षदेखि स्थगित १५औं संस्करणको प्रदर्शनीका लागि जेठ २६ गतेदेखि स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिने छ ।

प्रदर्शनीमा दुई पाङग्रे, चार पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट एवं ग्यारेज उपकरणहरूलाई समूह अनुसार छुट्ट्याइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ ।

प्रदर्शनीमा सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाले भाग लिन सक्नेछन् । प्रदर्शनीका लागि सीमित ठाउँ र प्रदर्शनीसम्बन्धी गरिएको सर्वेक्षणको आधारमा अत्याधिक माग भएकाले यस वर्ष पनि अघिल्लो वर्षझैँ गोला प्रथाद्वारा स्टल उपलब्ध गराइने भएको छ ।

कोभिड जोखिमले प्रभाव परेको नेपाली अर्थतन्त्र पुनः सुस्ताइरहेको अवस्थामा नाडा अटो शो २०२२ ले उद्योगी, व्यापारी एवं उद्यमीहरूमाझ अनुकूल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्दै नयाँ ऊर्जा थप्नसक्ने आयोजकको विश्वास छ ।

यस पटककाे नाडा अटो शोमा विद्युतीय सवारीको विशेष प्रदर्शनी हुने भएकाे छ ।

प्रदर्शनीमा चार पाङ्ग्रे विद्युतीय सवारीलाई इन्धनयुक्त सवारीसँगै राखिने नाडा इभी सभापति राजनबाबु श्रेष्ठले टेकपानालाई जानकारी दिए ।

साथै, दुई पाङ्ग्रे विद्युतीय सवारी प्रदर्शनीका लागि भने डेडिकेटेड स्थान निर्माण गरिने व्यवस्था भएको उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३