काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भुक्तानी सेवा प्रदायक फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टु पे अर्थात् क्यूआर माध्यमबाट भुक्तानी गर्न सकिने सेवाका लागि सहकार्य गरेको छ ।
फोकसवानसँग भएको सम्झौता अनुसार नेप्स आबद्ध बैंक तथा वित्तीय संस्थाका ग्राहकले मोको डिजिटल वालेटमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाका डेबिट वा क्रेडिट कार्ड लिंक गरी सोही कार्डबाट खर्च हुनेगरी विभिन्न सेवाको भुक्तानी गर्न सक्नेछन् ।
साथै प्रयोगकर्ताले मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानी, फ्लाइट टिकट लगायतका सेवा पनि प्रयोग गर्न सक्नेछन् ।