काठमाडौं । काठमाडौं । विन्डोज टेन वा इलेभेनमा पेस्ट गर्ने क्रममा तपाईँलाई पनि फन्ट र फर्म्याटको विषयले चिन्तित बनाउँछ ? यस्तोमा तत्कालै नोटप्याड प्रयोग गर्न जरुरी छैन । बरु त्यसको साटो ‘Ctrl+Shift+V’ शर्टकर्टको प्रयास गर्नुहोस्, यति गर्ने बित्तिकै तपाईँ आफूले चाहेको ‘टेक्स्ट’ मात्रै पाउन सक्नुहुनेछ ।
डिफल्ट किसिमले विन्डोजमा जब तपाईँले सामान्य तवरमा ‘Ctrl+C’ शर्टकर्टबाट कपी गरेर ‘Ctrl+V’ मार्फत पेस्ट गर्नुहुन्छ, त्यससँगै तपाईँले सेलेक्ट गरेको टेक्स्ट मात्र नभएर सँगसँगै स्टाइलहरू समेत क्लिपबोर्डको पकडमा आउँछन् । त्यसमा फन्ट स्टाइल, टेक्स्ट कलर, बोल्ड तथा इटालिक, बुलेटेड लिस्ट, इमेज, ब्याकलिङ्क समेत समावेश हुन्छन् ।
जुन सन् १९९२ को विन्डोज ३.१ देखि विन्डोजमा समावेश छ । खुशीको कुरा त्यसलाई पन्छाउने एउटा सजिलो तरिका छ । अब अर्को समयदेखि जब तपाईँ विन्डोज टेन अथवा विन्डोज इलेभेनमा फर्म्याटिङ र स्टाइलको जानकारी बिना टेक्स्ट मात्र पेस्ट गर्नुपर्दा पक्कै पनि ‘Ctrl+Shift+V’ एकसाथ दबाउनु हुनेछ ।
म्याकमा भने समान नतिजाको लागि तपाईँले ‘Option+Shift+Command+V’ थिच्न सक्नुहुनेछ । तर एउटा कुरा के याद राख्नुहोस् भने माइक्रोसफ्ट वर्डमा भने ‘Ctrl+Shift+V’ ले काम गर्दैन ।
त्यस्तो अवस्थामा तपाईँलाई रिबन मेनुमा भएको ‘स्पेसल’ विकल्प प्रयोग गर्नुपर्ने हुन्छ । यसका लागि होम ट्याबमा जानुहोस् र ‘पेस्ट’मा क्लिक गर्नुहोस्, त्यसपछि ‘A’ लेखिएको क्लिपबोर्डको आइकन छान्नुहोस् ।
त्यसमा ‘A’ भएको क्लिपबोर्डको अर्थ टेक्स्ट मात्र भन्ने बुझिन्छ । जसले तपाईँलाई फर्माट बिना नै पेस्ट गर्ने सुविधा दिन्छ । यस बाहेक तपाईँले फर्म्याटिङ बिना पेस्ट गर्ने डिफल्ट तरिकालाई परिवर्तन गर्न पनि सक्नुहुन्छ ।
यसका लागि फाइल हुँदै अप्सन्समा जानुहोस् । अप्सन मेनुको साइड बारमा गएर ‘एड्भान्स’मा क्लिक गर्नुहोस् र ड्रप डाउन मेनुमा ‘कट, कपी एन्ड पेस्ट’ मा’ ‘किप टेक्स्ट अन्ली’ छनौट गर्नुहोस् ।
यति गरिसकेपछि अब तपाईँले ‘Ctrl+V’ मात्रै गर्दा पनि वर्डमा फर्म्याट बिनाको टेक्स्ट मात्र पेस्ट हुनेछ । शुभकामना, तपाईँको पेस्टिङ सुखद् रहोस् ! 🙂