close

अब आईफोनमा ब्लुटुथमार्फत ई-सिम ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

जेठ २८, २०७९ ९:२४

अब आईफोनमा ब्लुटुथमार्फत ई-सिम ट्रान्सफर गर्न सकिने

काठमाडौं । एप्पलले नयाँ आईफोनमा ई-सिम सार्न सहज प्रक्रिया बनाउने भएको छ । आईओएस १६ को उपलब्धतासँगै कम्पनीले प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध गराउन लागेको हो ।

कम्पनीले आईओएस १६ उपलब्ध गराएपछि प्रयोग भइरहेको आईफोनबाट नयाँ आईफोनमा ई-सिम ब्लुटुथको माध्यमबाट सार्न मिल्नेछ ।

यसले गर्दा प्रयोगकर्ताले सहजै आफ्नो टेलिकम सेवालाई फोन नम्बरसहित सहजै पुरानो आईफोनबाट नयाँ आईफोनमा सार्न मिल्नेछ ।

अहिले आईफोनमा ई-सिम प्रयोग गरिरहेका प्रयोगकर्ताले मोबाइल परिवर्तन गरेपछि सम्बन्धित टेलिकम कम्पनीलाई सम्पर्क गरेर आफ्नो सिम परिवर्तन गरिदिनको लागि अनुरोध गर्नुपर्थ्यो ।

अब भने प्रयोगकर्ता आफैंले आफूले प्रयोग गरिरहेको ई-सिम परिवर्तन गर्न सक्नेछन् । यद्यपि यसका लागि टेलिकम कम्पनीहरूले पनि फिचर सपोर्ट गर्नुपर्ने केही सरोकारवालाको तर्क छ ।

अब फिचर कस्तो हुनेछ र कसरी काम गर्नेछ भन्ने विषयमा भने आईओएस १६ सार्वजनिक भएपछि मात्र थाहा होला, तर यो फिचरको चर्चाले धेरै ई-सिम प्रयोगकर्ता उत्साहित छन् ।               

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६