close

सामसङ ग्यालेक्सी एस२३ अल्ट्रामा १ टीबी इन्टर्नल स्टोरेज र २०० मेगापिक्सेलको क्यामेरा हुने

टेकपाना टेकपाना

जेठ ३०, २०७९ १३:१९

सामसङ ग्यालेक्सी एस२३ अल्ट्रामा १ टीबी इन्टर्नल स्टोरेज र २०० मेगापिक्सेलको क्यामेरा हुने

काठमाडौं । आउँदो वर्ष सार्वजनिक हुने तयारीमा रहेको सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा स्मार्टफोनकाे क्यामेरा स्पेसिफिकेसन बाहिरिएकाे छ ।

हालै अनलाइनमा भएको एक लिक अनुसार यो फोनमा १ टीबी इन्टर्नल स्टोरेजसहित २०० मेगापिक्सेलको क्यामेरा हुनेछ ।

सामसङका पछिल्ला दुई संस्करण १०८ मेगापिक्सेल सेन्सरसहित सार्वजनिक भएका थिए ।

टेक्निजो कन्सेप्टले सार्वजनिक गरेको भिडिओमा ग्यालेक्सी एस२३ अल्ट्राको डिजाइन कस्तो देखिन्छ भन्ने कुरा अनुमान लगाउन सकिन्छ ।

सामसङले सार्वजनिक गरेको भिडिओमा सामसङ मोबाइलका प्रमुखले कम्पनीकाे पहिलो २०० मेगापिक्सेल एचएम वान आईसोसेल सेन्सरका विशेषता  र त्यसका फाइदाबारे चर्चा गरेका छन्, जुन ग्यालेक्सी एस२३ सिरिजमा प्रयोग हुनेछ ।

सामसङ ग्यालेक्सी एस२३ अल्ट्राको डिस्प्ले क्वाड-कर्भ ‘वाटरफल’ डिस्प्ले सामावेश हुने चर्चा छ । त्यस्तै फोनमा विभिन्न हार्डवेयर र सफ्टवेयर फिचर समावेश हुनेछन् ।

–   स्न्यापड्रागन ८ जेन टु प्रोसेसर

–   क्वालकम एक्स ७० फाइभजी मोडेम

–   २०० मेगापिक्सेल मुख्य क्यामेरा

–   क्वाड-कर्भ्ड ‘वाटरफल’ डिस्प्ले डिजाइन

–   १० हर्ज-१२० हर्ज एलटीपीओ डिस्प्ले

– एन्ड्रोइड १३ अपरेटिङ सिस्टमसँगै वन यूआई ५

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६