close

अब बोलेकै भरमा नेपाली टाइपिङ

टेकपाना टेकपाना

असार १, २०७९ १५:१६

अब बोलेकै भरमा नेपाली टाइपिङ

काठमाडौं । अब हिज्जे डटकममा भ्वाइस टाइपिङ पनि गर्न मिल्ने भएकाे छ । नेपाली भाषाकाे शुद्धाशुद्धीमा सघाउँदै आएको यो प्लेटफर्ममा भ्वाइस टाइपिङ सुविधा पनि आउन लागेको हो ।

इन्टिग्रेटेड आईसीटी प्रालिले सञ्चालमा ल्याएकाे हिज्जे डटकममा बेटा संस्करणका रूपमा भ्वाइस टाइपिङ सुविधाकाे परीक्षण थालिएकाे छ ।

यो फिचरमा अझै धेरै कुरा अपग्रेड गर्न बाँकी रहेको कम्पनीका सह-संस्थापक विरोध रिजालले जनाए ।

‘हामीले सकेसम्म चाँडै यो फिचर उपलब्ध गराउने प्रयासमा छौं, टेकपानासँगकाे कुराकानीमा उनले भने, ‘नेपाली भाषाको नयाँ मोडलमा काम भइरहेकाे छ । आवश्यक अपग्रेडसहित यो फिचर चाँडै नै सार्वजनिक हुनेछ ।’

अहिलेको बेटा संस्करणमा प्रयोगकर्ताले ३० सेकेन्डसम्मको आवाज रेकर्ड गरेर शब्दमा कन्भर्ट गर्ने सुविधा दिइएकाे छ । त्यस्तै १५ सेकेन्डसम्मको क्लिप अपलोड गरेर अडियोलाई टेक्स्टमा रुपान्तरण पनि गर्न सकिनेछ ।

हाललाई बोल्दा बोल्दै निरन्तर लेख्ने सुविधा भने राखिएको छैन । तर यस्तो सेवा चाहिएमा उपलब्ध गराउन सकिने रिजालको भनाइ छ ।

बेटा भर्सन प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३